default_image

3 years ago

December 13, 2020

बार्सिलोनालाई लेभोन्टेको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले लेभान्टेको सामना गर्दैछ । खेल नोउक्याम्पमा राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना लेभान्टेलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । ला लिगामा औसतको प्रदर्शन गरिरहेको बार्सिलोना १० खेलबाट १४ अंक जोडेर नवौं स्थानमा रहेको छ । जुन शीर्षस्थानको एट्लेटिको […]

27 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले लेभान्टेको सामना गर्दैछ । खेल नोउक्याम्पमा राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा बार्सिलोना लेभान्टेलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । ला लिगामा औसतको प्रदर्शन गरिरहेको बार्सिलोना १० खेलबाट १४ अंक जोडेर नवौं स्थानमा रहेको छ । जुन शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा १२ अंकले पछि हो ।

लेभान्टेलाई हराए बार्सिलोना १७ अंक जोडेर सातौं स्थानमा उक्लनेछ । बार्सिलोनासँग कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो, पेड्री, फ्रान्की डि जोङ, जोर्डी अल्बा, क्लेमेन्ट लेङलेट, सर्जिनो डेस्ट, रोनाल्ड एराउजो र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको साथ रहेको छ ।

यता, लेभान्टे पनि बार्सिलोनालाई स्तब्ध पार्दै रेलिगेसन जोन छाड्ने लक्ष्यमा हुनेछ । लेभान्टे ११ अंक जोडेर १८औं स्थानमा रहेको छ । टोलीसँग मोरालेस, रेगर, रोचिना, मेलेरो, भेजो, कोकी र एइटरको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो २२ खेलको नतिजा हेर्दा बार्सिलोना १७ खेलमा विजयी भएको छ । लेभान्टेले ३ खेल आफ्नो पक्षमा पारेको छ । २ खेल बराबरीमा सकिएको छ । गत सिजन यि दुई टोलीले १–१ खेलमा जित हात पारेका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.