default_image

3 years ago

December 14, 2020

असाधारण क्रुस र मोड्रिच

एजेन्सी – युरोपियन फुटबलमा पछिल्लो एक दशक लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले अनगिन्ती उपाधि जिते । कीर्तिमान तोडे । व्यक्तिगत अवार्ड पनि त्यत्तिकै जिते । तर सामुहिक सफलताका लागि टोलीका साथ स्तरीय मिडफिल्ड हुनु त्यतिकै जरुरी हुन्छ । सर्जियो बुस्केट्स, जाभी र आन्द्रे इनियस्टाले आफ्नो उच्च प्रदर्शनबाट बार्सिलोना, स्पेन र युरोपमा राज गरेका थिए । […]

42 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलमा पछिल्लो एक दशक लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले अनगिन्ती उपाधि जिते । कीर्तिमान तोडे । व्यक्तिगत अवार्ड पनि त्यत्तिकै जिते । तर सामुहिक सफलताका लागि टोलीका साथ स्तरीय मिडफिल्ड हुनु त्यतिकै जरुरी हुन्छ ।

सर्जियो बुस्केट्स, जाभी र आन्द्रे इनियस्टाले आफ्नो उच्च प्रदर्शनबाट बार्सिलोना, स्पेन र युरोपमा राज गरेका थिए । त्यस्तै रियल म्याड्रिडमा तीन मिडफिल्डर कासेमेरो, टोनी क्रुस र लुका मोड्रिडको उच्च प्रदर्शनबाट प्ररित टोलीले रोलाल्डोसहित ४ वटा च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

उमेरको असर सबैमा पर्छ नै । कमै खेलाडीले बढ्दो उमेरमा पनि आफूलाई मैदानमा बारम्बार प्रमाणित गरेका छन् । क्रुस र मोड्रिचले टोलीमा आफ्नो अलग स्थान बनाएका छन् । विश्व फुटबलमा अहिले उनीहरु दुई जस्तो मिडफिल्डर छैनन् ।

ला लिगामा एट्लेटिको म्याड्रिडलाई २–० ले हराएपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘उनीहरु साच्चै असाधारण छन् । शनिबार कासेमेरोको प्रदर्शन अरु बेलाको भन्दा कमजोर नै थियो । तर जर्मन र क्रोएसियन मिडफिल्डले भने मिडफिल्डनमा प्रभाव जमाएका थिए । ‘

एट्लेटिकोको पाँच मिडफिल्डरका बीचमा क्रुस र मोड्रिचले पहिलो हाफ र दोस्रो हाफमा अझै बढी उनीहरुलाई छायाँमा पारेका थिए । च्याम्पियन्स लिगमा बारुसिया मोन्चेनग्लाबाकविरुद्ध मोड्रिच केहि ढिला देखिएका थिए । क्रुस भने डर्वीमा निकै प्रभावशाी देखिएका थिए ।

लिगका अन्य २ सय मिडफिल्डमा पनि उनीहरु जस्तो क्षमतावान खेलाडी देख्न मुस्किल छ । एट्लेटिकोले जसरी ला लिगामा खेल्दै आएको थियो रियलविरुद्ध भने त्यस्तो प्रदर्शनमा चुकेको थियो । मुख्यत उनीहरुले क्रुस र मोड्रिचको दबाबलाई झेल्न सकेनन् । यदि उनीहरुलाई आफ्नो क्षमतामा खेल्न दिने हो भने उनीहरुले बल र खेल आफ्नो पक्षमा पर्नेछन् ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.