default_image

3 years ago

December 14, 2020

लियोनसँग पीएसजीको हार

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै लियोनसँग १–० ले स्तब्ध बनेको छ । बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा पीएसजीले लिगमा चौथो हार बेहोर्न पुग्यो । पार्क डि प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको सातौ मिनेटमा अग्रता लिने सुवर्ण अवसर खेर फालेको थियो । फ्लोरेन्जीको पासमा मोइस […]

29 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै लियोनसँग १–० ले स्तब्ध बनेको छ । बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा पीएसजीले लिगमा चौथो हार बेहोर्न पुग्यो ।

पार्क डि प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको सातौ मिनेटमा अग्रता लिने सुवर्ण अवसर खेर फालेको थियो । फ्लोरेन्जीको पासमा मोइस किनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३५औं मिनेटमा टिनो काडेवेरले गोल गर्दै लियोनलाई अग्रता दिलाए । उनले कार्ल टोको इकाम्वीके पासमा गोल गरेका थिए । ६०औं मिनेटमा काडेवेर नै चुक्दा लियोनले अग्रता दोब्बर पार्न सकेन ।
७०औं मिनेटमा नेयमारको प्रहारलाई लियोनको गोलरक्षक लोपेसले बचाउदै बराबरी टारे ।

९०औं मिनेटमा गोलरक्षक लोपेस नै बाधक बन्दा पीएसजीले खेललाई आफ्नो पक्षमा पार्न सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केलियन एमबाप्पेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा लियोनका थियागो मेन्डेस सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । नेयमारमाथि गम्भीर फल गरेपछि रेफ्रीले सुरुमा पहेलो कार्ड देखाएपनि भिएआरको सहायता लिदै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।

यो हारसँगै पीएसजी शीर्षस्थानबाट तेस्रो स्थानमा झरेको छ । शीर्षस्थानको लिलको २९ तथा दोस्रो स्थानको लियोनको पनि २९ अंक नै रहेको छ । पीएसजीको २८ अंक रहेको छ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.