default_image

3 years ago

December 14, 2020

लेस्टरको सानदार जित, लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले सानदार जित दर्ता गर्दा लिभरपुल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लेस्टर सिटीले ब्राइटनमाथि ३–० को सानदार जित हात पारेको हो । लेस्टरको जितमा जेम्स म्याडिसनले दुई गोल गर्दा जेमी भार्डीले एक गोल थपे । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । किङ पावर स्टेडियममा आइतबार […]

16 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले सानदार जित दर्ता गर्दा लिभरपुल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लेस्टर सिटीले ब्राइटनमाथि ३–० को सानदार जित हात पारेको हो ।

लेस्टरको जितमा जेम्स म्याडिसनले दुई गोल गर्दा जेमी भार्डीले एक गोल थपे । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको २७औं मिनेटमा जेम्स म्याडिसनको गोलबाट अग्रता लिएको थियो ।

उनले जेमी भार्डीको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा जेम्स जस्टिनको पासमा जेमी भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा जेमी भार्डीकै पासमा म्याडिसनले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टरले पहिलो हाफमै ३–० को लिन सफल भएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा लेस्टर ३–० ले विजयी हुन सफल भयो । यो जितसँगै लेस्टर १२ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा रहँदा ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा साविकको विजेता लिभरपुल फुलहमसँग बराबरीमा रोकिएको छ । २८औं मिनेटमा बोबी रेइडको गोलबाट पछि परेको लिभरपुलले ७६औं मिनेटमा मोहम्मद सलाहको पेनाल्टी गोलबाट खेललाई बराबरीमा ल्याउन सफल भएको हो ।

यो बराबरीले लिभरपुलले शीर्षस्थानमा उक्लने मौका गुमाउदा दोस्रो स्थानमा नै यथावत रहेको छ । फुलहम ८ अंकसहित १८औं स्थानमा रहेको छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा आर्सनल बर्नलेसँग १–० ले स्तब्ध बनेको छ । कप्तान पिएरे इमरिक औवामियाङको आत्मघाती गोल नै आर्सनलको हारमा निर्णायक बन्यो । उनले ७३औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

यो हारसँगै आर्सनल १३ अंक जोडेर १५औं स्थानमा रहँदा बर्नले ९ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.