default_image

3 years ago

December 14, 2020

‘तलब घटाउन नमाने मेस्सीले बार्सिलोना छोड्नुपर्छ’

एजेन्सी – तलब कटौतीका लागि राजी नभए सुपर स्टार लिओनल मेस्सीले क्लब छाड्नुपर्ने बार्सिलोनाका अध्यक्षका उम्मेदवार इमिली राउसाउडले बताएका छन् । अर्जेन्टिनी स्टारको बार्सिलोनासँगको अहिलेको सम्झौता सन् २०२१ को अन्त्यमा टुंगिनेछ । जनवरी १ मा सुरु हुने ट्रान्सफर विन्डोमा मेस्सी कुनै पनि क्लबसँग कुरा गर्नका लागि उपलब्ध हुनेछन् । ‘हामी उनीसँग बस्नेछौं र तलब कटौतीका […]

42 views

0 Bookmark

एजेन्सी – तलब कटौतीका लागि राजी नभए सुपर स्टार लिओनल मेस्सीले क्लब छाड्नुपर्ने बार्सिलोनाका अध्यक्षका उम्मेदवार इमिली राउसाउडले बताएका छन् ।

अर्जेन्टिनी स्टारको बार्सिलोनासँगको अहिलेको सम्झौता सन् २०२१ को अन्त्यमा टुंगिनेछ । जनवरी १ मा सुरु हुने ट्रान्सफर विन्डोमा मेस्सी कुनै पनि क्लबसँग कुरा गर्नका लागि उपलब्ध हुनेछन् । ‘हामी उनीसँग बस्नेछौं र तलब कटौतीका विषयमा सोध्नेछौं,’ राउसाउडले भनेका छन्, ‘अहिलेको परिस्थिति त्यस्तै छ । स्थिरता छैन ।’ मेस्सीले पनि त्याग गर्नुपर्नेमा उनको जोड थियो ।

‘यदि त्यस्तो सम्झौतामा हामी पुग्न सकेनौं भने मेस्सीले क्लब छाड्नेछन्,’ बार्सिलोनाका पूर्व उपाध्यक्ष समेत रहेका उनले भने, ‘उनी क्लबका लागि महत्वपूर्ण खेलाडी हुन् । यद्दपी उनलाई क्लब छाड भन्नु सहज हुने छैन ।’

मेस्सीले क्लबमा इतिहास लेखाइसकेको भन्दै तारिफ गरेका राउसाउडले भने, ‘उनी हाम्रा महान खेलाडी हुन् । तर अहिलेको अवस्था त्यस्तै छ । अहिलेको अवस्था उनलाई पनि थाहा छ । हामी कसैलाई मुर्ख बनाउन चाहँदैनौं । उनलाई राख्नका लागि हामी हरसम्भव प्रयास गर्नेछौं । तर पहिलो प्राथमिकता भने क्लब हुनेछ ।’

मेस्सीको गोलमा आइतबार मेस्सीले लेभान्तेलाई १–० ले हराएको थियो । ११ खेलमा १७ अंकसहित टोली आठौं स्थानमा छ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.