10 years ago
September 8, 2015
काठमाडौं भदौ २२ गते ।
निजामति सेवा दिवसको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित मैत्रीपूर्ण फुटबलमा ट्रेड युनियन– ११ ले मंगलबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा युनियनले मुख्य सचिव– ११ लाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि राजेन्द्र महर्जन र दीपेन्द्र केसीले १–१ गोल गरे । मुख्य सचिवका भरत काडेलले सान्त्वना गोल गरे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका थिए ।
निजामति सेवा दिवसकै उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगिताका विजेतालाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो ।
श्रम विभागका राजकिशोर महतो पहिलो, खेलकुद मन्त्रालयका गणेश गुरुङ दोश्रो तथा सामान्य प्रशासन मन्त्रालयका टीकाप्रसाद पराजुली र वैदेशिक रोजगार विभागका सुरेन्द्र यन्द्यो तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ८ हजार, ५ हजार र २/२ हजार नगद पुरस्कार हात पारे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]