default_image

3 years ago

December 20, 2020

लेस्टरले टोटेनहमलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा लेस्टर सिटीले टोटेनहम हट्स्परको मैदानमा २-० को जित दर्ता गरेको छ । जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहमले लगातार ११ खेलमा अपराजित नतिजा निकालेपनि पछिल्लो दुई खेलमा भने लगातार हार बेहोर्न बाध्य भयो । टोटेनहम अघिल्लो साता लिभरपुलसँग २-१ ले पराजित हुँदै अंक तालिकाको शीर्षस्थानबाट खसेको थियो । […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा लेस्टर सिटीले टोटेनहम हट्स्परको मैदानमा २-० को जित दर्ता गरेको छ ।

जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहमले लगातार ११ खेलमा अपराजित नतिजा निकालेपनि पछिल्लो दुई खेलमा भने लगातार हार बेहोर्न बाध्य भयो । टोटेनहम अघिल्लो साता लिभरपुलसँग २-१ ले पराजित हुँदै अंक तालिकाको शीर्षस्थानबाट खसेको थियो । आजको हारले भने टोली चौथो स्थानमा आइपुगेको छ ।

लेस्टरले पहिलो हाफको इन्ज्युरी समयमा जेमी भार्डीको पेनाल्टीमा अग्रता लिएको थियो । डिफेन्डर सर्ज औरीएरले वेस्ली फोफानालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भीएआरको सहायता लिएर पेनाल्टी दिएका थिए । भार्डीले उक्त पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाए ।

दोस्रो हाफको सुरुवातमा जेम्स म्याडीसनले गोल गरेपनि भीएआरले अफसाइड दिएपछि खेल १-० मै रहेको थियो । तर ५९ औं मिनेटमा लेस्टर अग्रता दोब्बर पार्न सफल रहयो । मार्क अल्ब्राइटनको क्रसमा भार्डीको हेडर टोबी एल्डरवेरल्डलाई लाग्दै गोलमा परिणत भएको थियो । बल पोसेसनमा पकड जमाएपनि टोटेनहमले आक्रमणमा अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्यो ।

यस नतिजासँगै लेस्टर १४ खेलमा २७ अंकसाथ दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमको १४ खेलमा २५ अंक रहेको छ । लिभरपुलको ३१ अंक रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.