default_image

3 years ago

December 21, 2020

एसी मिलान र इन्टर मिलान विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान र इन्टर मिलानले आ–आफ्नो खेलमा सफलता हात पारेका छन् । सिरी ‘ए’ मा अपराजित रहँदै शीर्षस्थानमा रहेको एसी मिलानले सासुओलोमाथि २–१ को जित निकालेको हो । मिलानको जितमा राफयल लिआओ र एलेक्सिस सलिमर्कसले गोल गरे । घरेलु टोलीका डोमिनिको बेरारडीले एक गोल फर्काए । खेलको […]

27 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान र इन्टर मिलानले आ–आफ्नो खेलमा सफलता हात पारेका छन् ।

सिरी ‘ए’ मा अपराजित रहँदै शीर्षस्थानमा रहेको एसी मिलानले सासुओलोमाथि २–१ को जित निकालेको हो । मिलानको जितमा राफयल लिआओ र एलेक्सिस सलिमर्कसले गोल गरे । घरेलु टोलीका डोमिनिको बेरारडीले एक गोल फर्काए ।

खेलको ६.२ सेकेन्डमा नै राफयल लिआओले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए । जुन सिरी एको शीर्ष श्रेणीको इतिहासमा सर्वाधिक छिटो गोल हो । मिलानले सेन्टरबाट बल चलाउदा हाकान कलआनोग्लुबाट पास लिएका लिआओले दुई टच गर्दै डिफेन्सलाई पार गरे र पोस्टमा गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

नवौं मिनेटमा हकान कलहानोग्लुले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता पाएन । २६औं मिनेटमा एलेक्सिस सलिमर्कसले थियो हर्नान्डेजको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

खेल सकिन एक मिनेट बाँकी रहँदा डोमिनिको बेरारडीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । यो जितसँगै मिलान १३ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । पराजित सासुओलो २३ अंक जोडेर छैटौं स्थानमा छ ।

आइतबार राति नै भएको अर्काे खेलमा इन्टर मिलनाले स्पेजियामाथि २–१ को जित निकालेको छ । मिलानको जितमा अचरफ हाकिमी र रोमेलु लुकाकुले गोल गरे । स्पेजियाका पिकोलीले एक गोल फर्काए ।

यो जितसँगै इन्टर मिलानले शीर्षस्थानको एसी मिलानसँगको अंक दुरी १ मा यथावत राखेको छ । इन्टरको ३० अंक छ । स्पेजिया ११ अंक जोडेर १७औं स्थनमा छ ।

अन्य नतिजा
एटलान्टा
विरुद्ध रोमा (–१), लाजियोविरुद्ध नेपोली (–०)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.