default_image

3 years ago

December 21, 2020

पीएसजीलाई रोक्दै लिल शीर्षस्थानमा

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लिलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । चोटका कारण नेयमार नहुदा र अर्का फरवार्ड केलियन एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसजी लिलसँग बराबरीमा रोकिएको हो । बल पोसेसनमा बलियो पकड बनाएपनि पीएसजीले खेलको ४१औं मिनेटमा गोलको सुवर्ण अवसर खेर फालेको थियो । मोइस किनको प्रहारलाई […]

39 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लिलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

चोटका कारण नेयमार नहुदा र अर्का फरवार्ड केलियन एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसजी लिलसँग बराबरीमा रोकिएको हो ।

बल पोसेसनमा बलियो पकड बनाएपनि पीएसजीले खेलको ४१औं मिनेटमा गोलको सुवर्ण अवसर खेर फालेको थियो । मोइस किनको प्रहारलाई घरेलु टोली लिलका गोलरक्षक माइगनानले बचाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा राफिन्हाको फ्रिकिकमा प्रेसनेल केम्पेम्वेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

प्रशिक्षक थोमस टुचेलले ७७औं मिनेटमा एमबाप्पेलाई मैदानमा उतारेपनि गोल गर्न नसक्दा पीएसजी जितबाट वञ्चित बन्यो । पीएसजीले लिलविरुद्ध ७० प्रतिशत बल पोसेसन राखेको थियो ।

लिग वानमा पीएसजीको यो दोस्रो बराबरी हो । यसअघि पीएसजीले बोर्डेअक्ससँग २–२ गोलको बराबरी खेलेको थियो । पीएसजीले १६ खेल खेल्दा १० जित, दुई बराबरी र ४ हारको नतिजा निकालेको छ ।

यो बराबरीले पीएसजीले शीर्षस्थानमा उक्लने सुवर्ण अवसर खेर फाल्दा लिलले गोल अन्तरमा लियोनलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ ।

लिलको १६ खेलबाट ३३ अंक पुगेको छ । समान खेलबाटै लियोनको पनि ३३ अंक नै छ । पीएसजी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.