default_image

9 years ago

September 21, 2016

कम फिरौती रकम तिर्दा स्पेन फुटबल संघका अध्यक्षको भतिजिको हत्या

150 views

0 Bookmark

स्पेनी फुटबल संघ अध्यक्ष एन्जेल मरिया भिल्लारको भातिजीलाई माग भन्दा कम फिरौती रकम दिएको भनेर अपहरणकारीहरुले हत्या गरेका छन ।

fa-president

३६ बर्षिय मरिया भिल्लार गालाज लाई सोमबार अपहरण गरेर उनलाई ए टि एम बाट रकम झिक्न लगाएका अपहरणकारी हरुले मेक्सिकोमा मृत अवस्थामा छाडेका थिए ।

गालाजको पती दुइ प्रहरी अधिकारीहरू सहित उनलाई उद्धार गर्न मेक्सिको गएपनी उनको मृत शरीर मात्र फेला परेको थियो ।  श्रोतको अनुसार गलाजको उद्दारमा फिरौती रकम तिरे पनि अपहरण्कारी हरुको माग भन्दा कम रकम बुझाएपछी उनको हत्या भएको अनुमान लगाइएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.