default_image

3 years ago

December 22, 2020

एट्लेटिको म्याड्रिडलाई रियल सोसिडाडको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले उच्च लयमा रहेको रियल सोसिडाडको भ्रमण गर्दा क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडसँग खेल्दैछ । सोसिडाड र एट्लेटिकोबीचको खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै एट्लेटिको म्याड्रिड शीर्षस्थानमा स्पष्ट अग्रता लिने दाउमा हुनेछ । १२ […]

34 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले उच्च लयमा रहेको रियल सोसिडाडको भ्रमण गर्दा क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडसँग खेल्दैछ ।

सोसिडाड र एट्लेटिकोबीचको खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै एट्लेटिको म्याड्रिड शीर्षस्थानमा स्पष्ट अग्रता लिने दाउमा हुनेछ । १२ खेलबाट २९ अंक जोडेको एट्लेटिको शीर्षस्थानमा रहेको छ । समान अंक भएपनि गोलअन्तरमा रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ ।

रियल सोसिडाडलाई हराउन सके एट्लेटिकोले शीर्षस्थानमा तीन अंकको स्पष्ट अग्रता लिनेछ । बराबरीले १ अंकको तथा हारले समान अंक भएपनि गोलअन्तरमा एट्लेटिको नै अघि रहनेछ ।
टोलीसँग लुइस सुआरेज, जोआओ फेलिक्स, डिएगो कोस्टा, एन्जल कोरेया, मार्काेस लोरेन्ट, यान्निक कारास्को, कोकी, लेमार, किरियन ट्रिपिएर, लोडी र गोलरक्षक जान ओब्लाकजस्ता नाम चलेका खेलाडीको साथ रहेको छ ।

यता, रियल सोसिडाड पनि घरेलु मैदानमा एट्लेटिकोलाई पराजित गर्दै शीर्ष दुई टोलीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । एट्लेटिकोलाई हराउन सके सोसिडाडले गोलअन्तरमा रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ ।

टोलीसँग एलेक्सान्डर इसाक, राबर्टाे लोपेज, क्रिस्टियन पोर्टु, मिकेल मेरिनो, नाचो मोनरियल, विलियन जोस, मार्टिन जुवीमेन्डी, नोरमान्ड र गोलरक्षक एलेकस रिमिरोको साथ रहेको छ । टोलीले पछिल्लो आठ खेलमा जित निकाल्न सकेको छैन । त्यसैले पनि रियल सोसिडाड एट्लेटिकोविरुद्ध जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।

पछिल्लो दुई खेलमा बार्सिलोना र लेभान्टेसँग पराजित भएको सोसिडाडले त्यसअघिको ६ खेल बराबरी खेलेको थियो । यि दुई टोलीको २१ खलको नतिजामा १४ खेल एट्लेटिकोले आफ्नो पक्षमा पारेको छ । ५ खेल रियल सोसिडाडले जित्दा २ खेल बराबरीमा सकिएको छ । गत सिजन दुई खेल खेल्दा सोसिडाडले एक खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको थियो ।

अन्य खेल : इल्चेविरुद्ध ओसासुना (राति १०ः१५ बजे), भ्यालेन्सियाविरुद्ध सेभिया (राति १०ः१५ बजे), हुएस्काविरुद्ध लेभानटे (राति १२ः३० बजे), रियल भालाडोलिडविरुद्ध बार्सिलोना (राति २ः४५ बजे)

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.