default_image

3 years ago

December 29, 2020

मेस्सीले सिजनको अन्त्यपछि निर्णय गर्ने

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सी क्लब अहिले निराशा जनक अवस्थामा रहेको बताउँछन् । यो अवस्थाबाट फर्कन मैदान भित्र र बाहिर दुवै तिर कठीन रहेको पनि मेस्सी मान्छन् । ‘म आउने सबै चुनौतीलाई सामना गर्न लड्नेछु । क्लब अहिले साच्चै कठीन अवस्थामा छ,’ भर्खरै प्रसारित अन्तवार्तामा मेस्सीले भनेका छन्, ‘क्लबका वरिपरिका वातावरण चुनौतीपूर्ण छ । […]

39 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सी क्लब अहिले निराशा जनक अवस्थामा रहेको बताउँछन् । यो अवस्थाबाट फर्कन मैदान भित्र र बाहिर दुवै तिर कठीन रहेको पनि मेस्सी मान्छन् ।

‘म आउने सबै चुनौतीलाई सामना गर्न लड्नेछु । क्लब अहिले साच्चै कठीन अवस्थामा छ,’ भर्खरै प्रसारित अन्तवार्तामा मेस्सीले भनेका छन्, ‘क्लबका वरिपरिका वातावरण चुनौतीपूर्ण छ । पुरानै अवस्थामा पुग्न हाम्रा लागि कठीन छ ।’

यहि क्लब गहिरो संकटमै फस्दै गर्दा गत सिजनको अन्त्यमा मेस्सीले भने क्लब छाड्न चाहेका थिए । यद्दपी उनको त्यो चाहना पूरा हुन सकेन । त्यो विषयलाई थाती राख्दै मेस्सी क्लबलाई सफलता दिलाउनेमा केन्द्रित रहे ।

‘मैले अध्यक्षलाई पटक पटक क्लब छाड्न चाहेको बताएको थिए । मैले औपचारिक रुपमा पनि भनेको थिए । म सोच्थे अब परिवर्तनको समय आएको छ ,’ उनले भने, ‘क्लबमा पनि परिवर्तन आवश्यक छ र युवा खेलाडीका लागि ठाँउ खाली गर्नुपर्दछ । म च्याम्पियन्स लिग र ला लिगाको लागि लड्न चाहन्थे । म छाड्न चाहन्थे ।’

मेस्सीले क्लब छाड्न विषय आफ्ना लागि पनि सहज नभएको स्वीकार गरे । उनले आफ्नो परिवार पनि बार्सिलोना शहर छाडेर अन्त सर्न तयार नरहेको पनि उनले सुनाए । लुइस सुआरेजले क्याम्प नोउ छाड्न परेको प्रसंगले पनि मेस्सीलाई निकै दुःखी तुल्याएको थियो ।

जनवरी १ बाट सरुवा बजार खुला हुँदैछ । अब मेस्सी आफ्नो नयाँ यात्राका लागि छलफल गर्न सक्छन् । तर, उनीले अहिले सरुवाका विषयमा नसोचेको प्रष्ट पारेका छन् । ‘सिजनको अन्त्य सम्ममा के गर्ने भन्ने विषयमा म टुंगोमा पुगेको छैन,’ उनले भने, ‘म सिजनको अन्त्य सम्म कुर्ने छु । अहिलेका लागि भने म उपाधिमा केन्द्रित छु । त्यो बाहेक अरु सोचेको छैन ।’

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.