default_image

3 years ago

December 29, 2020

हालान्डको रोजाइमा रामोस

एजेन्सी – इर्लिङ हालान्डले युरोपियन फुटबलका एक प्रतिभावान खेलाडी रहेको प्रमाणित गरिसकेका छन् । बोरुसिया डर्टमन्डका फरवार्ड रियल म्याड्रिड जाने चर्चा समय समयमा चल्ने गरेको छ । सरुवा बजार खुल्ने क्रममा त्यो चर्चा फेरि चलिरहेको छ । आरबी साल्जबर्गबाट डर्टमन्ड पुगेयता नर्वेजियन फरवार्डले स्तरीय सेन्टर ब्याकहरुको सामना गरिसकेका छन् । त्यसमध्ये उनले आफूलाई उत्कृष्ट लाग्ने […]

37 views

0 Bookmark

एजेन्सी – इर्लिङ हालान्डले युरोपियन फुटबलका एक प्रतिभावान खेलाडी रहेको प्रमाणित गरिसकेका छन् । बोरुसिया डर्टमन्डका फरवार्ड रियल म्याड्रिड जाने चर्चा समय समयमा चल्ने गरेको छ । सरुवा बजार खुल्ने क्रममा त्यो चर्चा फेरि चलिरहेको छ ।

आरबी साल्जबर्गबाट डर्टमन्ड पुगेयता नर्वेजियन फरवार्डले स्तरीय सेन्टर ब्याकहरुको सामना गरिसकेका छन् । त्यसमध्ये उनले आफूलाई उत्कृष्ट लाग्ने तीन सेन्टर ब्याकका बारेमा चर्चा गरेका छन् । ‘सर्जियो रामोस, भिर्गिल भान डिक र कालिडियो कौलिबाया उत्कृष्ट सेन्टर ब्याकट हुन्,’ हालान्डले भने, ‘उनीहरु निकै शारीरिक रुपमा उत्कृष्ट छन्, तर मैदानमा त्यति नै चलाख पनि ।’

हालान्डले सहकर्मी एवंम् रियलका मार्टिन ओडेगार्डको पनि तारिफ गरेका थिए । हालान्ड अहिले भने चोटका कारण मैदान बाहिर रहँदै आएका छन् । वल्फस्बर्गविरुद्ध हुने खेलमा उनी मैदान फर्कने अपेक्षा गरिएको छ ।

हालान्डले लगातार राम्रो प्रदर्शन गर्दै आफूलाई युरोपकै उत्कृष्ट फरवार्डको सुचिमा उभ्याउन सफल भएका छन् । मात्र २० वर्षको उमेरमा उनले यो उपलब्धि हासिल गर्दा युरोपका ठूला क्लबले पनि उनीमाथि नजर राखेका छन् । पछिल्लो समय विश्व फुटबलमा नम्बर ९ पोजिसनको खेलाडीमा केहि कमी आउँदा हालान्डको उदयले केहि फरकपन ल्याएको छ ।

शारीरिक रुपमा निकै बलिया हालान्डको गति पनि तेज छ । उनको फिनिसिङ उनको खेलको मुख्य पक्ष हो । हालान्डको गोलमा प्रयास गर्ने शैली र गोलमा परिणत गर्दाको सफलता युरोपकै उत्कृष्ट मध्यम पर्छ । पछिल्लो समय उनको अनुपस्थितिमा टोलीको नतिजा खराब हुँदा प्रशिक्षक लुसिएन फाभ्रले बर्खास्ती नै पाए । यसले पनि उनको प्रभाव प्रष्ट पारेको छ ।

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.