default_image

3 years ago

January 4, 2021

सुआरेज चम्कदा एट्लेटिको शीर्षस्थानमा

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको एक गोल र अर्काे असिस्टको सहयोगमा एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । दुई खेल कम खेलेको एट्लेटिको शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । एट्लेटिकोको १५ खेलबाट ३८ अंक तथा रियलको १७ […]

41 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको एक गोल र अर्काे असिस्टको सहयोगमा एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ ।

दुई खेल कम खेलेको एट्लेटिको शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । एट्लेटिकोको १५ खेलबाट ३८ अंक तथा रियलको १७ खेलबाट ३६ अंक छ । पराजित एलाभेस १८ अंकसहित १४औं स्थानमा छ ।

एलाभेसको मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले खेलको ४१औं मिनेटमा मार्काेस लोरेन्टेको गोलबाट अग्रता लिएको थियो । लुइस सुआरेजको पासमा लारेन्टेको प्रहार भिक्टर लगाउरडियालाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

६३औं मिनेटमा एलाभेस १० खेलाडीमा समेटियो । थोमस लेमारलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै भिक्टर लगाउरडियालाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो ।

एक गोलले पछि परेपनि घरेलु टोलीले ८४औं मिनेटमा खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । पेरेजको प्रहारलाई बचाउन खोज्दा फिलिपेले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
तर ९०औं मिनेटमा लुइस सुआरेजले जोआओ फेलिक्सको पासमा गोल गर्दै एट्लेटिकोलाई २–१ को संघर्षपुर्ण जित दिलाए ।

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.