default_image

3 years ago

January 4, 2021

शीर्षस्थानको लिभरपुललाई साउथह्याम्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति शीर्षस्थानमा रहेको लिभरपुलले साउथह्याम्टनको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोली साउथह्याम्टनलाई हराउदै लिभरपुल अंक तालिकामा म्यानचेस्टर युनाइटेडलाई ३ अंकले पछि पार्ने लक्ष्यमा हुनेछ । दुवै टोलीको समान ३३ अंक रहेपनि लिभरपुल गोलअन्तरमा अघि छ । लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे […]

44 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति शीर्षस्थानमा रहेको लिभरपुलले साउथह्याम्टनको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु टोली साउथह्याम्टनलाई हराउदै लिभरपुल अंक तालिकामा म्यानचेस्टर युनाइटेडलाई ३ अंकले पछि पार्ने लक्ष्यमा हुनेछ । दुवै टोलीको समान ३३ अंक रहेपनि लिभरपुल गोलअन्तरमा अघि छ ।

लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, जर्जिन्हो वाइनाल्डम, जोर्डन हेन्डरसन, एलेक्स अक्सलेड चेम्वरलेन, एन्ड्रिउ रोबर्टसन, फाविन्हो, नाथानिल फिलिप्स, एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेको छ ।

पछिल्लो ५ खेलबाट ६ अंक गुमाएको लिभरपुलले पछिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । पछिल्लो दुवै खेल बराबरी खेलेको लिभरपुल साउथह्याम्टनलाई हराउदै जितको लय पक्रिने दाउमा हुनेछ ।

यता साउथह्याम्टन पनि लिभरपुललाई स्तब्ध पार्दै छैटौं स्थानमा उक्लने दाउमा हुनेछ । साउथह्याम्टन २६ अंक जोडेर नवौं स्थानमा रहेको छ । टोलीसँग चे एडाम्स, ड्यानी इंग्स, थियो वल्कोट, जेम्स वार्ड प्राउज र गोलरक्षक एलेक्स म्याकर्थीको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो १९ खेलको नजितामा लिभरपुल ११ खेलमा विजयी भएको छ । ५ खेल साउथह्याम्टनले आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ ।

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.