default_image

3 years ago

January 5, 2021

टोरेसलाई अनुबन्ध गर्ने रियल म्याड्रिडको प्रयास

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले सेन्टर ब्याक पाउ टोरेस अनुबन्धको लागि चासो देखाएको छ । रियलले आफ्नो अनुभवी कप्तान सर्जियो रामोसको विकल्पमा टोरेसलाई अनुबन्ध गर्न चासो देखाएको हो । रियलमा रामोसको सम्झौता अवधि आउदो समरसम्म मात्रै बाँकी रहँदा अझै पनि सम्झौता नविकरण भइसकेको छैन । यस्तो अवस्थामा रियलले टोरेसमा नजर लगाएको हो । स्पेनका […]

38 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले सेन्टर ब्याक पाउ टोरेस अनुबन्धको लागि चासो देखाएको छ । रियलले आफ्नो अनुभवी कप्तान सर्जियो रामोसको विकल्पमा टोरेसलाई अनुबन्ध गर्न चासो देखाएको हो ।

रियलमा रामोसको सम्झौता अवधि आउदो समरसम्म मात्रै बाँकी रहँदा अझै पनि सम्झौता नविकरण भइसकेको छैन । यस्तो अवस्थामा रियलले टोरेसमा नजर लगाएको हो । स्पेनका २३ वर्षीय टोेरेसले भिल्लारियलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

रियल र रामोसबीच सम्झौताको लागि सकरात्मक रहेपनि सम्झौता भइसकेको छैन । रियलमा ३० वर्ष माथिको खेलाडीलाई १ वर्षको मात्रै सम्झौता थप्ने नियम रहेको छ । सोही अनुसार रियलले गत साता क्रोएसियन मिडफिल्डर लुका मोड्रिचको सम्झौता एक वर्ष थप गरेको थियो ।

रियलले रामोसको पनि सम्झौता एक वर्ष थप्न सक्नेछ । त्यसकारण रियल टोरेससँग लामो सम्झौता गर्न इच्छुक छ । भिल्लारियललले टोरेसको मुल्य ५० मिलियन युरो लगाएको छ ।

रियल र भिल्लारियलबीच सम्बन्ध राम्रो भएकाले पनि भिल्लारियलले टोरेसलाई रियलमा बेच्न सक्नेछ । भिल्लारियलले यसै समरमा रियलका जापानी मिडफिल्डर ताकेफुसा कुवोलाई लोनमा अनुबन्ध गरेको थियो । यस्तै टोरेसलाई अनुब्नध गर्न इंग्लिस क्लब आर्सनलले पनि चासो देखाएको छ ।

टोरेसले यो सिजन भिल्लारियलबाट ११ खेल खेल्दा एक गोल गरेका छन् । गत सिजन उनले ३६ खेलमा २ गोल गरेका थिए ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.