default_image

3 years ago

January 5, 2021

फाइनल प्रवेशका लागि टोटेनहम र ब्रेन्टफोर्ड भिड्दै

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको सेमिफाइनलमा आज राति प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले घरेलु मैदानमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । यि दुई टोली पहिलोपटक भिड्न लागेका हुन् । अर्काे सेमिफाइनलमा बुधबार राति म्यानचेस्टर ‘डर्बी’ अर्थात म्यानचेस्टर युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ […]

39 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको सेमिफाइनलमा आज राति प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले घरेलु मैदानमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । यि दुई टोली पहिलोपटक भिड्न लागेका हुन् । अर्काे सेमिफाइनलमा बुधबार राति म्यानचेस्टर ‘डर्बी’ अर्थात म्यानचेस्टर युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

घरेलु मैदानमा हुने खेलमा टोटेनहम ब्रेन्टफोर्डलाई पराजित गर्दै फाइनल पुग्ने दाउमा हुनेछ । टोलीमा ह्यारी केन र ह्युङ मिन सनको समन्वय गज्जवले मिलिरहेको छ । यही जोडी नै ब्रेन्टफोर्डविरुद्ध मुख्य हतियार हुनेछ ।

यस्तै टोलीसँग टांगी एनडोम्वेले, ह्यारी विङ्स, पिएर इमिल हब्जजर्ग, बिन डेभिस, एरिक डाएर, टोवी एल्डरवेइरेड, माट डुहर्थी र गोलरक्षक ह्युगो लोरिस रहेका छन् । चोटका कारण ग्यारेथ बेल, जियोभानी लो सेल्सो र स्टेभन र्ववाइन टोलीमा हुनेछैछ ।

यता, च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरिरहेको ब्रेन्टफोर्ड टोटेनहमलाई स्तब्ध पार्दै फाइनल पुग्ने दााउमा हुनेछ । ब्रेन्टफोर्ड पछिल्लो १६ खेलमा अपराजित छ । २४ अक्टोबरमा स्टोक सिटीसँग ३–२ ले पराजित भएयता ब्रेन्टफोर्डले १६ खेल खेल्दा ९ जित र ७ खेल बराबरी खेलेको छ । पछिल्लो चार खेलमा ब्रेन्टफोर्डले शतप्रतिशत जित निकालेको छ ।

टोलीसँग सेर्गी कानोस, इभान टोनी, ब्रयन एमबेउमो, जोसुवा डा सिल्भा, म्याथियस जेन्सेन, हेनरिक डाल्सगार्ड र गोलरक्षक डेभिड रायको साथ रहेको छ । ब्रेन्टफोर्डले क्वाटरफाइनलमा प्रिमियर लिग क्लब न्युक्यासललाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.