default_image

3 years ago

January 7, 2021

जम्दैछ मेस्सी र पेड्रीको साझेदारी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि सिजनको सुरुवात अपेक्षित रहन सकेन । सिजन सुरु नहुँदै कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने चर्चा र नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो खेलाडी पहिचान गर्न समय लगाउँदा लगातार नराम्रो नतिजा आयो । तर पछिल्लो समय भने बार्सिलोनामा केहि स्थिरता महसुस गर्न थालिएको छ । चोट लागेका खेलाडीको पुनरागमनसँगै कोम्यानले आफ्नो […]

35 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि सिजनको सुरुवात अपेक्षित रहन सकेन । सिजन सुरु नहुँदै कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने चर्चा र नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो खेलाडी पहिचान गर्न समय लगाउँदा लगातार नराम्रो नतिजा आयो ।

तर पछिल्लो समय भने बार्सिलोनामा केहि स्थिरता महसुस गर्न थालिएको छ । चोट लागेका खेलाडीको पुनरागमनसँगै कोम्यानले आफ्नो पहिलो रोजाइका खेलाडी छनोटमा नियमितता दिएपछि नतिजा पनि सुधार हुन थालेको छ । अझ केहि खेलयता कप्तान मेस्सी र युवा मिडफिल्डर पेड्रीको तालमेलले निकै सुखद भविष्य देख्न थालेका छन् ।

बुधबार बार्सिलोनाले ३-२ को जित दर्ता गर्दा मेस्सी र पेड्रीको साझेदारी नै खेलमा निर्णायक बन्न पुग्यो । बिल्बाओले घरेलु मैदानमा अग्रता लिएपनि पेड्रीले खेललाई बराबरीमा ल्याए । त्यसपछि मेस्सीलाई ब्याकहिल गोलका लागि पनि उनले नै असिस्ट प्रदान गरे । मेस्सीले दुवै हाफमा १-१ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ता सूचिको शीर्षस्थानमा पुगे ।

प्रशिक्षक कोम्यानले पनि समयसँगै पेड्रीले आफ्नो खेल सुधार गरेको बताए । ‘पेड्री एक उदाहरणका रुपमा अघि आएका छन् । उनले उमेर कम भएपनि क्षमता अनुसार प्रदर्शन गर्न सकेका छन् । उनको उमेरभन्दा निकै अनुभवी खेल प्रस्तुत गरिरहेका छन्,’ कोम्यानले भने ।

‘मेस्सीले सधैं खेलमा प्रभाव छाड्दै आएका छन् । आज उनले गोलमार्फत त्यसको पुष्टि गरे । अन्तिम नतिजा हेर्दा केहि कमी पक्कै देखिन्छ, तर रक्षात्मक रुपमा केहि सुधार नहुँदा स्कोर त्यस्तो भएको हो । हामी खेलको स्तर र प्रदर्शन हेर्दा जितको पक्का हकदार थियौं,’ उनले थपे ।

गत महिना मात्र १८ वर्ष पुगेका पेड्रीले बार्सिलोनामा पहिलो सिजन नै प्रभाव जमाएका छन् । अन्सु फाती घाइते हुँदा उनले वर्तमान मात्र होइन भविष्यका लागि नै भर गर्न सकिने आधार प्रस्तुत गरेका छन् । मेस्सी र पेड्रीबीच पछिल्ला केहि खेलमा देखिएको समझदारीले समर्थकहरुले पेड्रीलाई आन्द्रेस इनिएस्टाको स्थान लिन अघि बढेको बुझाइ राखेका छन् ।

अर्कोतर्फ मेस्सीले क्लब छाड्ने हल्ला चलिरहँदा उनको प्रदर्शनले केहि आशा भने बार्सिलोना समर्थकलाई दिएको छ । तर त्यसका लागि उनले लामो यात्रा तय गर्नुछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.