default_image

3 years ago

January 9, 2021

मोेन्चेनग्लाडवाकसँग शीर्षस्थानको बायर्नको हार

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग ३–२ को हार बेहोरेको छ । बुन्डेसलिगामा बायर्नको यो दोस्रो हार हो । बायर्न यसअघि होफेनहाइनसँग ४–१ ले पराजित भएको थियो । यससँगै बायर्नको २१औं खेलमा अपराजित यात्रामा पुर्णविरामा लागेको छ । होफेनहाइनसँग पराजित भएयता अपराजित रहेको बायर्नले १६ जित र चार […]

30 views

0 Bookmark

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग ३–२ को हार बेहोरेको छ ।

बुन्डेसलिगामा बायर्नको यो दोस्रो हार हो । बायर्न यसअघि होफेनहाइनसँग ४–१ ले पराजित भएको थियो । यससँगै बायर्नको २१औं खेलमा अपराजित यात्रामा पुर्णविरामा लागेको छ । होफेनहाइनसँग पराजित भएयता अपराजित रहेको बायर्नले १६ जित र चार बराबरीको नतिजा निकालेको थियो ।

मोन्चेनग्लाडवाकको घरेलु मैदानमा शुक्रबार राति भएको बायर्नले खेलको २०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा नेउहउले ह्यान्ड गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएको थियो । २६औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

तर, बायर्नले दुई गोलको अग्रतालाई जोगाउन सकेन । ३६औं मिनेटमा जोनास होफमानले गोल गर्दै मोन्चेनग्लाडवाकलाई खेलमा फर्कने संकेत दिए । पहिलो हाफको इन्ज्युरी समयमा होफमानले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

४९औं मिनेटमा फ्लोरियन नेउहसले गोल गर्दै मोन्चेनग्लाडवाकलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न पराजित हुन पुग्यो ।

यो हारले बायर्न शीर्षस्थानमा यथावत रहेपनि अंक दुरी बढाउने मौका गुमाएको छ । बायर्नको १५ खेलबाट ३३ अंक रहेको छ । एक खेल कम खेलेको आरबी लाइप्जिगको ३१ अंक रहेको छ । मोन्चेनग्लाडवाक २४ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.