default_image

3 years ago

January 11, 2021

भिनिसियसको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

एजेन्सी – ब्राजिली फरवार्ड कार्लाेस भिनिसियसको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब टोटेनहम हस्टपर इंग्ल्यान्डको तल्लो श्रेणीको क्लब मारिनलाई ५–० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले नर्दन प्रिमियर लिग क्लब मारिनलाई उसकै मैदानमा फराकिलो हार चखाएको हो । टोटेनहमको फराकिलो जितमा कार्लाेस भिनिसियसले ह्याट्रिक पुरा गर्दा लुकास […]

31 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड कार्लाेस भिनिसियसको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब टोटेनहम हस्टपर इंग्ल्यान्डको तल्लो श्रेणीको क्लब मारिनलाई ५–० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले नर्दन प्रिमियर लिग क्लब मारिनलाई उसकै मैदानमा फराकिलो हार चखाएको हो । टोटेनहमको फराकिलो जितमा कार्लाेस भिनिसियसले ह्याट्रिक पुरा गर्दा लुकास मोउरा र अल्फी डिभाइनले गोल गरे ।

खेलको २४औं मिनेटमा टोटेनहमले भिनिसियसको गोलबाट अग्रता लिएको थियो । ३०औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे । ३२औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटेनहमलाई ३–० ले अघि बढाए । ३७औं मिनेटमा भिनिसियसले ह्याट्रिक पुरा गर्दा टोटेनहम पहिलो हाफमा नै ४–० ले अघि बढेको थियो ।

६०औं मिनेटमा अल्फी डिभाइनले गोल गर्दै टोटेनहमलाई ५–० को फराकिलो जित दिलाए । मारिनले कुनै पनि समय टोटेनहमको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.