default_image

3 years ago

January 14, 2021

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा

एजेन्सी – सब्सिच्युट हाम्जा राफियाको निर्णायक गोलमा सिरी ‘ए’ प्रतिद्धन्द्धी जिनोआमाथि अतिरिक्त समयमा जित निकाल्दै युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले जिनोआलाई ३–२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले गोल गरे । जिनोआका […]

56 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट हाम्जा राफियाको निर्णायक गोलमा सिरी ‘ए’ प्रतिद्धन्द्धी जिनोआमाथि अतिरिक्त समयमा जित निकाल्दै युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले जिनोआलाई ३–२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले गोल गरे । जिनोआका लेननार्ट सिबोरा र फिलिप्पो मेलेगोनीको गोल सान्त्वना बन्यो ।

एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले २३ मिनेटभित्र दुई गोलको अग्रता लिएपनि निर्धारित समयभित्र त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

दोस्रो मिनेटमा डिजान कुलुसेभ्स्कीले जर्जियो चिलियानीको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा अल्भारो मोराटाले कुलुसेभ्स्कीको पासमा गोल गर्दै युभेन्टसलाई २–० को अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा लेननार्ट सिबोराले इडोआर्डाे गोल्डानिगाको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७४औं मिनेटमा फिलिपो मेलेगोनीले पाओलोको पासमा गोल गर्दै खेललाई निर्धारित समयमा २–२ गोलको बराबरीमा ल्याए ।

निर्धारित समयको थप गरिएको १५औं मिनेटमा अर्थात १०५औं मिनेटमा हम्जा राफियाले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । उनी ७७औं मिनेटमा मानोलो पोर्टानोभाको स्थानमा मैदान छिरेका थिए । यस खेलमा प्रशिक्षक आन्द्रे पिर्लाेले टोलीका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई ८८औं मिनेटमा मैदान छिराएको थियो ।

यस्तै कोपा इटालियाको अर्काे प्रि–क्वाटरफाइनलमा इन्टर मिलानले फियोरेन्टिनालाई अतिरिक्त समयमा २–१ ले तथा नेपोलीले इम्पोलीलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थन बनाएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.