default_image

3 years ago

January 21, 2021

काभानी र पोग्वाको गोलको युनाइटेडको पूनरागमन जित

एजेन्सी – फरवार्ड इडिन्सन काभानी र मिडफिल्डर पल पोग्वाको गोल सहयोगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहममाथि पूनरागमन जित निकालेको छ । घरेलु टोलीसँग एक गोलले पछि परेको अवस्थामा युनाइटेडले २–१ को पूनरागमन जित निकालेको हो । फुलहमका एडेमोला लुकमनको गोल सान्त्वना बन्यो । क्राभेन कटेजमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको […]

21 views

0 Bookmark

एजेन्सी – फरवार्ड इडिन्सन काभानी र मिडफिल्डर पल पोग्वाको गोल सहयोगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहममाथि पूनरागमन जित निकालेको छ ।

घरेलु टोलीसँग एक गोलले पछि परेको अवस्थामा युनाइटेडले २–१ को पूनरागमन जित निकालेको हो । फुलहमका एडेमोला लुकमनको गोल सान्त्वना बन्यो । क्राभेन कटेजमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको पाँचौ मिनेटमा नै एडेमोला लुकमनको गोलबाट अग्रता लिएको थियो । उनले एन्ड्री फ्रान्क जाम्वो एङगुइसाको पासमा गोल गरेका थिए ।

तर, फुलहमले त्यो अग्रतालाई जोगाउन सकेन । २१औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ब्रुनो फर्नान्डेसको प्रहार रिवाउन्ड भएर फर्कदा काभनीले जाली चुमाएका थिए । ५२औं मिनेटमा लुकमन गोलबाट चुक्दा फुलहमले अग्रता लिन सकेन ।

६५औं मिनेटमा पल पोग्वाले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । ६७औं मिनेटमा ब्रुनो फर्नान्डेस चुके । ७४औं मिनेटमा रुवेन लफटस चिकले अवसर गुमाउदा फुलहम बराबरीबाट चुक्यो । ८३औं मिनेटमा पुनः लफटस नै चुके । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

जितसँगै शीर्षस्थानको युनाइटेडको १९ खेलबाट ४० अंक पुगेको छ । उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । एक खेल कम खेलेको सिटीको ३८ अंक छ । पराजित फुलहम १२ अंक जोडेर १८औं स्थनमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.