9 years ago
September 28, 2016
हाम्रो खेलकुद – रुस्लन थ्री स्टार क्लब भारतको गुहावटिमा भैरहेको ६४औं भारत रत्न बोर्दोलोई गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पूगेको छ।

आज भएको सेमिफाइनल खेलमा युनाईटेड सिक्किम फुटबल क्लबलाई ४-१ले पराजित गर्दै थ्री स्टार फाइनल पुगेको हो। निर्धारित समयमा १-१को बराबरीमा अड्किएको खेलमा अतिरिक्त समयमा थ्री स्टारले तिन गोल गर्दै विजय हासिल गरेको थियो।
थ्री स्टारका लागि मार्टिन्सले गोल गर्दै अग्रता दिलाएपनी खेलको ८९औं मिनेटमा सिक्किमले बराबरी गोल फर्काएको थियो। तर थ्री स्टारले आक्रामक लय समाएपछि अतिरिक्त समयमा तिन गोल थप्यो। थ्री स्टारका लागि मार्टिन्स, विजय धिमाल र विजय गुरुङ्गले अतिरिक्त समयमा गोल गरे।
फाइनलमा थ्री स्टारले शिलोंग लाजोंग र इष्ट बंगालको खेलको विजेता संग प्रतिस्पर्धा गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]