default_image

3 years ago

January 22, 2021

लिभरपुल बर्नलेसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुल घरेलु मैदानमा बर्नलेसँग स्तब्ध बनेको छ । खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बनेको हो । यससँगै घरेलु मैदानमा लिभरपुल ६८ खेलपछि पराजित भएको छ । यो हारले लिभरपुलको उपाधियात्रा कमजोर बनेको छ । चौथो स्थानमा रहेको […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुल घरेलु मैदानमा बर्नलेसँग स्तब्ध बनेको छ ।

खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बनेको हो । यससँगै घरेलु मैदानमा लिभरपुल ६८ खेलपछि पराजित भएको छ ।

यो हारले लिभरपुलको उपाधियात्रा कमजोर बनेको छ । चौथो स्थानमा रहेको लिभरपुल शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग ६ अंकले तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४ अंकले पछि परिसकेको छ ।

लिभरपुलको १९ खेलबाट ३४ अंक छ । शीर्षस्थानको युनाइटेडको ४० तथा दोस्रो र तेस्रो स्थानमा रहेको सिटी र लेस्टरको समान ३८ अंक छ । यद्दपि सिटीको हातमा अझै एक खेल बाँकी छ ।

एनफिल्डमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले बर्नलेमाथि ७१ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा लिभरपुलले प्रिमियर लिगमा सिजनको तेस्रो हार बेहोर्न पुग्यो ।

खेलको १३औं मिनेटमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले एस्ले बार्नेसको प्रहारलाई बचाएका थिए । २४औं मिनेटमा साडियो माने र एलेक्स अक्सलेड चेम्वरलेनले प्रयास गरेपनि सफल हुन सकेन ।

३०औं मिनेटमा जद्रान शाकिरीको प्रहारलाई बर्नलेका गोलरक्षक पोपेले विफल पारे । ४४औं मिनेटमा डिभोक ओरिगीको प्रहार क्रसबारमा लाग्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।

५१औं मिनेटमा साडियो मानको पासमा एलेक्सान्डर अर्नाेल्डको प्रहारलाई बर्नलेका गोलरक्षक पोपे सहजै नियन्त्रणमा लिए । ६१औं मिनेटमा जर्जिन्हो वाइनाल्डमको पासमा साडियो मानेको प्रहारमा पोपेल नै बाधक बने ।

लगातार दवाव झेलेको बर्नलेले ८३औं मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा अग्रता लियो । पेनाल्टी बक्समा बल अघि बढाएका एस्ले बार्नेसलाई सुरुवातमा फाविन्हो र त्यसपछि एलिसन बेकरले फ गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी प्रदान गरे । जसमा बार्नेस चुकेनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.