default_image

3 years ago

January 23, 2021

आर्सनल एफए कपबाट बाहिर

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको चौथो चरणबाट बाहिरिएको छ । आर्सनल प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्टनसँग १–० ले पराजित हुदै एफए कपको चौथो चरणबाट बाहिरिएको हो । सेन्ट मेरी स्टेडियम साउथह्याम्टन ह्याम्पसायरमा शनिबार राति भएको आर्सनलको हारमा गाब्रियलले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उनले खेलको २४औं मिनेटमा वाल्कर पिटर्सको […]

31 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको चौथो चरणबाट बाहिरिएको छ । आर्सनल प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्टनसँग १–० ले पराजित हुदै एफए कपको चौथो चरणबाट बाहिरिएको हो ।

सेन्ट मेरी स्टेडियम साउथह्याम्टन ह्याम्पसायरमा शनिबार राति भएको आर्सनलको हारमा गाब्रियलले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उनले खेलको २४औं मिनेटमा वाल्कर पिटर्सको प्रहारलाई बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

एक गोलले पछि परेपछि आर्सनलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । ५९औं मिनेटमा इडवार्ड एनकेइटाको पासमा रोव होल्डिङको प्रहार क्रसबारमाथिबाट थोरै बाहिरिदा आर्सनल बराबरीबाट चुक्यो ।

६७औं मिनेटमा इडवार्डकै प्रयासलाई साउथह्याम्टनका गोलरक्षक फोर्सटरले बचाए । त्यसपछि आर्सनलले थप दुई गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.