default_image

3 years ago

January 30, 2021

मेयर कपमा वडा नं ६ को विजयी सुरुवात

दुहबी (हाम्रो खेलकुद)– सुनसरी दुहबीमा सुरु भएको तेस्रो मेयर कपको उद्घाटन खेलमा वडा नं ६ विजयी भएको छ । वडा नं १२ लाई शनिबार १–० ले हराउँदै वडा नं ६ ले विजयी सुरुवात गरेको हो । मनीष विकले गरेको गोल नै खेलको निर्णयक बनेको थियो । उनले २७ औं मिनेटमा गोल गरेका थिए । विजयी […]

18 views

0 Bookmark

दुहबी (हाम्रो खेलकुद)– सुनसरी दुहबीमा सुरु भएको तेस्रो मेयर कपको उद्घाटन खेलमा वडा नं ६ विजयी भएको छ ।

वडा नं १२ लाई शनिबार १–० ले हराउँदै वडा नं ६ ले विजयी सुरुवात गरेको हो । मनीष विकले गरेको गोल नै खेलको निर्णयक बनेको थियो । उनले २७ औं मिनेटमा गोल गरेका थिए ।

विजयी टोलीका मनीष खेलको म्यान अफ दी म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
दुहबी नगरपालिका मेयर वेदनारायण गच्छादारले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा आइतबार वडा नं २ र ३ बीच प्रतिस्पर्धा हुनेछ ।

दुहबी नगरपालिकाको आयोजना तथा दुहबीको एलेभन एरोज क्लबले संयोजन गर्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार र विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

April 27, 2024

एपिएफ पकलीलाई मिल्स गोल्डकपको उपाधि

विराटनगर (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले चौथों मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टोली पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । एपिएफको जितमा भरत कपाली, दिशन […]

Success

Thank you for your time.