default_image

3 months ago

April 27, 2024

एपिएफ पकलीलाई मिल्स गोल्डकपको उपाधि

506 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले चौथों मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टोली पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।

एपिएफको जितमा भरत कपाली, दिशन राई र धनबहादुर श्रेष्ठले समान १ गोल गरे । पेमा का लागि मिलन राईले फर्काए । यसअघि २०७७ सालमा एपिएफले पहिलो मिल्स गोल्डकपको उपाधि जितेको थियो ।

सुरूवाती अग्रता लिएर पनि पेमाले त्यसलाई जोगाउन सकेन । ११ औं मिनेटमा पेमाका मिलनले गोल गरेका थिए । सुरज सुब्बाले निकालेको क्रस पासमा मिलनले गोल गरेका हुन् ।

त्यसको दुई मिनेट पछि एपिएफले गोल गरी खेल बराबारीमा फर्कायो । १३ औं मिनेटमा भरतले बराबरी गोल गरेका हुन् । पेमाका गोलकिपर अरुणबाट रिबाउन्ड भएको बललाई भरतले गोल गरेका हुन् ।

६० औं मिनेटमा दिशनको गोलमा एपिएफले अग्रता बनायो । हरि कार्कीले डिबक्स भित्रबाट दिएको पमास दिशनले गोल गरेका हुन् । ७४ औं मिनेट धनबहादुरले गोल गर्दै टोलीको जित निश्चित गरे । दिशनको पासमा धनबहादुरले गोल गरेका हुन् ।

पेमाले गोल गर्ने केहि मौका खेर फालेको थियो । पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा प्राप्त गर्यो । विजेता टोलीका दिशन राई फाइनलका प्लेयर अफ द म्याच घोषित भए ।

३ गोलका साथ एपिएफका हरि कार्की सर्वाधिक गोलकर्ता बने भने सोही टोलीका सुजन विक उत्कृष्ट गोलकिपर चुनिए । पेमाका कोमल खवास प्रतियोगिताका सर्वोत्कृष्ट घोषित भए । वैशाख ७ देखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृ गरे ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.