default_image

3 years ago

January 31, 2021

लुकाकु चम्कदा इन्टरको फराकिलो जित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बेनेभेन्टोमाथि ४–० को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा शनिबार रात भएको खेलमा इन्टरका लागि थप एक गोल लौउटारो मार्टिनेजले गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको इन्टरले दोस्रो हाफमा तीन गोल थपेको […]

26 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बेनेभेन्टोमाथि ४–० को फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार रात भएको खेलमा इन्टरका लागि थप एक गोल लौउटारो मार्टिनेजले गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको इन्टरले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

मिलानोमा घरेलु टोलीले खेलको सातौ मिनेटमा रिकार्डाे इमप्रोटाको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । त्यसपछिको दुवै गोल लुकाकुको नाममा रह्यो ।

६७औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अघि बढाए । ७९औं मिनेटमा लुकाकुले व्यक्तिगत चौथो गोल गर्दै इन्टरलाई फराकिलो जित दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको इन्टरको २० खेलबाट ४४ अंक पुगेको छ । इन्टर शीर्षस्थानको एसी मिलानभन्दा २ अंकले पछि छ । पराजित बेनेभेन्टो २२ अंक जोडेर १२औं स्थानमा छ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.