default_image

3 years ago

February 2, 2021

बिन डेभिस र काबाक लिभरपुलमा अनुबन्धित

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन दुई डिफेन्डरलाई अनुबन्धित गरेको छ । लिभरपुलले बिन डेभिसलाई प्रेस्टनबाट २ मिलियन पाउन्डमा तथा ओजान काबाकलाई १.५ मिलियन पाउन्डमा जर्मन क्लब साल्केबाट आउदो समरसम्मका लागि लोनमा अनुबन्धित गरेको हो । लिभरपुलले काबाकलाई १८ मिलियनमा स्थायी रुपमा अनुबन्ध गर्न सक्ने शर्तसमेत राखेको छ । सिजनको शुरुवातदेखि […]

25 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन दुई डिफेन्डरलाई अनुबन्धित गरेको छ ।

लिभरपुलले बिन डेभिसलाई प्रेस्टनबाट २ मिलियन पाउन्डमा तथा ओजान काबाकलाई १.५ मिलियन पाउन्डमा जर्मन क्लब साल्केबाट आउदो समरसम्मका लागि लोनमा अनुबन्धित गरेको हो । लिभरपुलले काबाकलाई १८ मिलियनमा स्थायी रुपमा अनुबन्ध गर्न सक्ने शर्तसमेत राखेको छ ।

सिजनको शुरुवातदेखि नै मुख्य डिफेन्डर भर्जिल भान डाइकसँगै अन्य डिफेन्डर जोएल मटिप र फविन्हो पनि घाइते भएपछि लिभरपुलको डिफेन्स लाइन निकै कमजोर बन्दा जनवरी ट्रान्सफरको अन्तिम दिन दुई डिफेन्डरलाई अनुबन्ध गरेको हो ।

२० वर्षीय जर्मन सेन्टर ब्याक काबाकले साल्केमा उच्च प्रदर्शन गरेपनि साल्केको नतिजा बुन्डेसलिगामा राम्रो रहेको छैन । काबाकले एनफिल्ड क्लबबाट १९ नम्वरको जर्सी लगाउनेछन् ।

यस्तै २५ वर्षीय इंग्लिस रक्षक बिन डेभिसलाई अनुबन्धको लागि बर्नले र सेफिल्ड युनाइटेडले चासो देखाएपनि उनी लिभरपुलमा अनुबन्धित हुन सफल भए । उनले लिभरपुलमा २८ नम्वरको जर्सी लगाउनेछन् ।

साविक विजेता लिभरपुल प्रिमियरलिगमा २१ राउन्डको खेल सकिदा ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ४ अंकले तथा दोस्रो स्थानको युनाइटेडसँग १ अंकले पछि छ ।

प्रिमियर लिगको २१ खेलमा लिभरपुलले ११ जित, ७ बराबरी र ३ हारको सामना गरेको छ । ४३ गोल गर्दा २४ गोल खाएको छ ।

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.