default_image

3 years ago

February 2, 2021

लिभरपुलका मिनामिनो साउथह्याम्टनमा

एजेन्सी – इंग्लिस क्लब साउथह्याम्टनले प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलका जापानी मिडफिल्डर ताकुमी मिनामिनोलाई अनुबन्धित गरेको छ । साउथह्याम्टनले २६ वर्षीय मिडफिल्डरलाई आउदो समरसम्मका लागि लोनमा अनुबन्ध गरेको हो । लिभरपुलमा पहिलो रोजाईमा पर्न असफल भएपछि मिनामिनोले अन्य क्लब रोजेको हो । उनले डिसेम्वर १९ यता मात्रै लिभरपुलबाट ६ मिनेट खेलेका छन् । मिनामिनो २०१९ डिसेम्वरमा […]

29 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब साउथह्याम्टनले प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलका जापानी मिडफिल्डर ताकुमी मिनामिनोलाई अनुबन्धित गरेको छ ।

साउथह्याम्टनले २६ वर्षीय मिडफिल्डरलाई आउदो समरसम्मका लागि लोनमा अनुबन्ध गरेको हो । लिभरपुलमा पहिलो रोजाईमा पर्न असफल भएपछि मिनामिनोले अन्य क्लब रोजेको हो ।

उनले डिसेम्वर १९ यता मात्रै लिभरपुलबाट ६ मिनेट खेलेका छन् । मिनामिनो २०१९ डिसेम्वरमा ७.२५ मिलियन पाउन्डमा अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए । तर, उनले लिभरपुल आएदेखि नै पहिलो रोजाईमा पर्न निकै संघर्ष गरिरहेको छ ।

डिसेम्वरमा क्रिस्टल प्यालेसमाथि ७–० को जित निकालेको खेलपछि उनी पहिलो रोजाईमा पर्न असफल हुदा निकै तनावमा रहेका थिए । उनले लिभरपुलबाट हालसम्म ३० खेल खेल्दा ४ गोल गरेका छन् ।

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.