default_image

3 years ago

February 3, 2021

जिदान प्रशिक्षणमा फर्किए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षण्मा फर्किएका छन् । २२ जनवरीमा कोरोना पुष्टि भएसँगै जिदान सेल्फ आइसोलेसनमा रहेका थिए । उनी करिव दुई साताको आइसोलेसन बसाईपछि कोरोनामुक्त हुदै रियलको प्रशिक्षणमा फर्किएका हुन् । उनले रियलको दुई खेलमा टच लाइन गुमाएको थिए । जिदानको स्थानमा सहायक प्रशिक्षक डेभिड बेट्टोनीले रियलको प्रशिक्षण […]

15 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षण्मा फर्किएका छन् ।

२२ जनवरीमा कोरोना पुष्टि भएसँगै जिदान सेल्फ आइसोलेसनमा रहेका थिए । उनी करिव दुई साताको आइसोलेसन बसाईपछि कोरोनामुक्त हुदै रियलको प्रशिक्षणमा फर्किएका हुन् । उनले रियलको दुई खेलमा टच लाइन गुमाएको थिए ।

जिदानको स्थानमा सहायक प्रशिक्षक डेभिड बेट्टोनीले रियलको प्रशिक्षण भार सम्हालेका थिए । उनको प्रशिक्षणमा रियलले एक जित र एक हारको नजिता निकालेको थियो । रियलले मंगलबार जिदानसँगै प्रशिक्षण गरेका थिए । रियलले ६ फेब्रुअरीमा एसडी हुएस्काको सामना गर्दैछ ।

जिदानको अनुपस्थिति रहँदा क्लबका मुख्य खेलाडीहरु चोटका कारण पछिल्लो दुई खेलमा उपस्थित थिएनन् । कप्तान सर्जियो रामोस, ड्यानी कार्भाजल, लुकास भाज्क्वेज र नाचो फर्नान्डेजले हुएस्काविरुद्धको खेलमा पूनरागमन गन सक्ने प्रशिक्षक जिदानले विश्वास लिएको छ ।

साविक विजेता रियल यो सिजन २० खेलबाट ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १० अंकले पछि रहँदा दोस्रो स्थानको बार्सिलोनासँग गोल अन्तरमा पछि छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.