default_image

3 years ago

February 3, 2021

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ । युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको […]

46 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ ।

युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको छ ।

मिलानोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।खेलको नवौं मिनेटमा लोउटारो मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए ।

२६औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट युभेन्टस खेलमा फर्कियो । एस्ले योङले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् ।

३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । मिलान स्क्रिनिएरको ब्याक पासमा गोलरक्षक समिर हान्डानोभिक र एलेसान्द्रो बास्टोनीबीच तालमेल नमिल्दा रोनाल्डोले फार पोस्टमा सहजै गोल गरेका थिए ।

४३औं मिनेटमा फेडरिको बर्नरडेस्चीको क्रसमा रोड्रिगो बेन्टानकरको प्रयासलाई गोलरक्षक हान्डानोभिकले बचाए । ५७औं मिनेटमा एलेक्सिस सान्चेजको फ्रिकिकमा गोलरक्षक जियानलुजी बुफोन बिट भएपनि मेरिह डेमिरले बललाई गोललाईन बाट क्लियर गर्दै इन्टरको बराबरी टारे ।

६८औं र ६९औं मिनेटमा सान्चेजले दुई सुवर्ण अवसर पाएपनि म्याथिज डि लेग्ट र गोलरक्षक बुफोनले बचाए । ७५औं मिनेटमा इभान पेरिसिसको क्रस पासमा निकोलो बरेल्लाको प्रयासमा बुफोन नै बाधक बने । ७८औं मिनेटमा पेरिसिसको प्रयासमा बुफोन नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

सेमिफाइनलको दोस्रो लेग युभेन्टसको मैदानमा १० फेब्रुअरीमा हुनेछ । उक्त खेलमा यही नतिजा कायम रहे युभेन्टस फाइनलमा पुग्नेछ । इन्टरलाई फाइनल प्रवेशका लागि कम्तीमा पनि २–० को जित आवश्यक छ ।

अर्काे सेमिफाइनलको पहिलो लेगमा आज राति एटलान्टा र नेपोलीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.