default_image

3 years ago

February 3, 2021

आर्सनलमाथि वल्भ्सको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै वल्भ्सले इंग्लिस प्रिमियर लिगमा ९ खेलाडीमा समेटिएको आर्सनलमाथि २–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदान मोलिनेअक्स स्टेडियममा मंगलबार राति भएको खेलमा वल्भ्सको जितमा रुवेन नेभेस र जोओ मौटिन्होले गोल गरे । आर्सनलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो । खेलको नवौं मिनेटमा नै बुकायो साकाले […]

23 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै वल्भ्सले इंग्लिस प्रिमियर लिगमा ९ खेलाडीमा समेटिएको आर्सनलमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

घरेलु मैदान मोलिनेअक्स स्टेडियममा मंगलबार राति भएको खेलमा वल्भ्सको जितमा रुवेन नेभेस र जोओ मौटिन्होले गोल गरे । आर्सनलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो ।

खेलको नवौं मिनेटमा नै बुकायो साकाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा आर्सनल अग्रता लिनबाट चुकेको थियो । ३२औं मिनेटा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–० ले अघि बढाए । उनले एलसान्द्रे लाकाजेटको पासमा गोल गरका थिए ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्सनल १० खेलाडीमा समेटियो । पेनाल्टी बक्समा विलियन जोसलाई डेभिड लुइजले गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा रहँदा फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा रुवेन नेभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा शुरुमै वल्भ्सले खेलमा २–१ को अग्रता लिन सफल भयो । पेड्रो नेटोको पासमा जोओ मौटिन्होले गोल गर्दै वल्भ्सलाई अघि बढाए । ५५औं मिनेटमा वल्भ्सले अर्काे पेनाल्टीमो अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेनन् । ७१औं मिनेटमा विलियन जोसको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले बचाए ।

७२औं मिनेटमा आर्सनल ९ खेलाडीमा समेटियो । गोलरक्षक बन्ड लेनो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । नेल्सन सेमेडोको प्रहारलाई लेनोले पेनाल्टी बक्स बाहिर आएर हातले क्लियर गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा वल्भ्स २–१ ले विजयी हुन सफल भयो ।

यस जितसँगै वल्भ्स २२ खेलबाट २६ अंक जोडेर १४औं स्थानमा यथावत रहेको छ । पराजित आर्सनल ३१ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

अन्य नजिता

सेफिल्ड युनाइटेडविरुद्ध वेस्ट ब्रम (–१), म्यानचेस्टर युनाइटेडविरुद्ध साउथह्याम्टन (९–०) र न्युक्यासलविरुद्ध क्रिस्टल प्यालेस (१–)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.