default_image

3 years ago

February 3, 2021

आर्मीको अर्को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगमा अर्को फराकिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा बुधबार आर्मीले चौदण्डीगढी नगरपालिका १२-० ले हराएको छ । आर्मीको फराकिलो जितमा शर्मिला थापाले ५ गोल गरिन् । सब्सिच्युट सपना लामाले दुई तथा हेमा चौधरी, कप्तान अन्जली वाइवा, बिमला चौधरी, बिमला बिक र रश्मी […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगमा अर्को फराकिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा बुधबार आर्मीले चौदण्डीगढी नगरपालिका १२-० ले हराएको छ ।

आर्मीको फराकिलो जितमा शर्मिला थापाले ५ गोल गरिन् । सब्सिच्युट सपना लामाले दुई तथा हेमा चौधरी, कप्तान अन्जली वाइवा, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले समान एक–एक गोल गरिन् ।

खेलको तेस्रो मिनेटमा हेमा चौधरीले कप्तान अन्जली वाइवाको पासमा गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाईन् । सातौं मिनेटमा विमला चौधरीको पासमा शर्मिला थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । आठौं मिनेटमा शर्मिला थापाको पासमा कप्तान अन्जलीले गोल गर्दै आर्मीको अग्रता तेब्बर पारिन् ।

१३औं कप्तान अन्जलीको पासमा शर्मिलाले गोल गर्दै आर्मीलाई ४-० ले अघि बढाईन् । २३औं मिनेटमा बिमला चौधरीको पासमा शर्मिलाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्मी ५-० ले अघि बढाइन् । २९औं मिनेटमा रश्मि घिसिङको पासमा शर्मिलाले व्यक्तिगत चौथो गोल गरिन् ।

३०औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई ७-० ले अघि बढाइन् । ३८औं मिनेटमा शर्मिला थापाले विमलाको क्विक पासमा व्यक्तिगत पाँचौ गोल गर्दै आर्मीलाई ८-० ले अघि बढाईन् । ४८औं मिनेटमा विमला बिकले गोल गर्दै आर्मीलाई ९-० ले अघि बढाइन् । ८४औं मिनेटमा रश्मिले गोल गर्दै आर्मीलाई १०-० ले अघि बढाईन् ।

८७औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई ११-० लेअघि बढाइन् । इन्जयुरी समयको थप गरिएको पहिलो मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई १२-० को फराकिलो जित दिलाईन् ।

जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलबाट १३ अंक पुगेको छ। शीर्षस्थानमा रहेको एपिएफको १८ अंक छ। पराजित चौदण्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.