default_image

3 years ago

February 3, 2021

पुलिस बिराटनगरसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा बिराटनगर महानगरपालिका मोरङसँग १–० ले स्तब्ध बनेको छ । जारी लिगमा विभागीय टोलीले मोफसलको टोलीसँग यो पहिलो हार बेहोरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा बिराटनगरको जितमा पार्वती घलेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जारी लिगमा बिराटनगरको […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा बिराटनगर महानगरपालिका मोरङसँग १–० ले स्तब्ध बनेको छ ।

जारी लिगमा विभागीय टोलीले मोफसलको टोलीसँग यो पहिलो हार बेहोरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा बिराटनगरको जितमा पार्वती घलेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जारी लिगमा बिराटनगरको यो तेस्रो जित हो । पुलिसको यो दोस्रो हार हो । पुलिस यसअघि एपिएफसँग पराजित भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको नवौं मिनेटमा पार्वती घलेले गोल गर्दै बिराटनगरलाई १–० को अग्रता दिलाईन् । मनिषा थापामगरको क्रस प्रयासलाई पुलिसकी डिफेन्डर मनी गुरुङले क्लियर गर्न नसकेको बललाई पार्वतीले जाली चुमाएकी थिइन् ।

२०औं मिनेटमा निर्मला बिकको प्रहार पोलमा लागेर फर्कदा पुलिस बराबरीबाट चुक्यो । निरु थापाको पासमा निर्मलाले एक डिफेन्डरलाई बिट गर्दै गोलरक्षक पनि बिट भएको अवस्थामा गरेको प्रहार पोलमा लागेर फर्किएको थियो । ४९औं मिनेटमा पार्वती घलेको प्रहालाई पुलिसकी गोलरक्षक सपना राईले सहजै बचाइन् ।

७९औं मिनेटमा पार्वती घलेको पासमा सारदा कुमारीले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बिराटनगर अग्रता दोब्बर पार्नबाट चुक्यो । ८७औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङको फ्रिकिकलाई रेखा पौडेलले भेट्न नसक्दा डिफेन्डरले क्लियर गर्दै संकट टार्दा पुलिस बराबरीबाट चुक्यो ।

पुलिसले बल पोसेसनमा पकड बनाएर दवावमा राखेपनि बिराटनगरको बलियो रक्षापङ्ति तोड्न नसक्दा स्तब्ध बन्न पुग्यो ।

यो जितसँगै बिराटनगर ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस ८ अंकसहित चौथो स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको अपराजित एपिएफको ६ खेलबाट १८ अंक छ । दोस्रो स्थानमा रहेको आर्मीको १३ अंक छ । पाँचौ स्थानमा रहेको वालिङको ८ अंक छ । ३ अंक जोडेको चन्द्रपुर छैटौ अंकविहीन चौदन्डीगढी पुछारमा छ ।

लिगको दोस्रो राउन्डको खेलहरु शनिबारदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.