default_image

3 years ago

February 3, 2021

वडा नं ६ दुहबी मेयर कपको सेमिफाइनलमा

दुहबी (हाम्रो खेलकुद)– वडा नं ६ सुनसरीको दुहबी जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वडा नं ११ लाई बुधबार टाब्रेकरमा हराउँदै वडा नं ६ अन्तिम चारमा पुगेको थियो । निर्धारित ८० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । निर्धारित समयको ३९ औं मिनेटमा अरविन्द उराउ र […]

22 views

0 Bookmark

दुहबी (हाम्रो खेलकुद)– वडा नं ६ सुनसरीको दुहबी जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वडा नं ११ लाई बुधबार टाब्रेकरमा हराउँदै वडा नं ६ अन्तिम चारमा पुगेको थियो ।

निर्धारित ८० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । निर्धारित समयको ३९ औं मिनेटमा अरविन्द उराउ र इन्द्र कुमार उराउले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेपछि वडा नं ११ ले २ गोलको अग्रता लिएको थियो । तर, जितेन्द्र चौधरीले ४१ औं र अमित चौधरीले ७१ औं मिनेटमा बराबरी गोल गर्दै वटा नं ६ लाई खेलमा फर्काएका थिए ।

टाइब्रेकरमा वडा नं ६ का लागि जितेन्द्र चौधरी, अजय गोश्वामी, मनिष विक र आशिष विकले गोल गरे । अल्लाउदिन भने गोल गर्न असफल भए । वडा नं ११ का लागि सुजनकुमार रिसिदेव र विजय उराउले गोल गरे । सुजन सरदार र सौरलाल रिसिदेव गोल गर्नबाट चुके ।

विजयी टोलीका अमित चौधरी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले वडा नं ६ का अध्यक्ष मुना हलुवाई र वडा नं ११ का अध्यक्ष आशनारायण चौधरीले २ हजार र मेडल हस्तान्तरण गरे ।प्रतियोगितामा बिहीबार वडा नं ३ र १० बीच दोस्रो क्वार्टरफाइनल हुनेछ ।

दुहबी नगरपालिकाको आयोजना तथा दुहबीको एलेभन एरोज क्लबले संयोजन गर्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार र विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.