default_image

3 years ago

February 4, 2021

पूनरागमन जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा

एजेन्सी – एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा थप एक गोल फ्रान्की डि जोङको नाममा रह्यो […]

33 views

0 Bookmark

एजेन्सी – एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा थप एक गोल फ्रान्की डि जोङको नाममा रह्यो । ग्रानडाका केनेडी, रोबर्टाे सोल्डाडो र फेडे भिकोले गोल गरे ।

ग्रानडामा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३३औं मिनेटमा केनेडीको गोलबाट अग्रता लिएको थियो । उनले अल्बर्टाे सोरोको पासमा गोल गरेका थिए । ४७औं मिनेटमा एन्जल मोन्टोरोको पासमा रोबर्टाे सोल्डाडोले गोल गर्दै ग्रानडाको अग्रता दोब्बर पारे ।

तर, अन्तिम समयमा बार्सिलोनाले दुई गोल गर्दै खेललाई अतिरित्त समयमा लम्ब्याए । ८८औं मिनेटमा एन्टोइन ग्रिजमनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्कने संकेत दिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोर्डी अल्वाले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

१००औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अघि बढाए । तर १०३औं मिनेटमा फेडे भिकोले पेनाल्टीमा गाल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

१०८औं मिनेटमा फ्रान्की डि जोङले तथा ११३औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई ५–३ को पूनरागमन जित दिलाउदै अन्तिम चारको यात्रा तय गराए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.