default_image

3 years ago

February 4, 2021

पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएजी) ले निम्समाथि ३–० को सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीको जितमा एन्जल डि मारिया, पाब्लो साराविया र केलियन एमबाप्पेले गोल गरे । पार्क द प्रिन्सेसमा पीएसजीले खेलको १८औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा पाब्लो […]

46 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएजी) ले निम्समाथि ३–० को सहज जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीको जितमा एन्जल डि मारिया, पाब्लो साराविया र केलियन एमबाप्पेले गोल गरे ।

पार्क द प्रिन्सेसमा पीएसजीले खेलको १८औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा पाब्लो सारावियाले डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६३औं मिनेटमा केलियन एमबाप्पेले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।

यो जितसँगै पीएसजी २३ खेलबाट ४८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पीएसजी शीर्षस्थानको लिलसँग ३ अंकले तथा दोस्रो स्थानको लियोनसँग १ अंकले पछि छ । पराजित निम्स १५ अंक जोडेर पुछारमा छ ।

अन्य नजिता
बोर्डेअक्सविरुद्ध लिल (०–), मेट्जविरुद्ध मोन्टपिलिएर (१–१), रेइम्सविरुद्ध एन्जर्स (०–०), रेनेसविरुद्ध लोरिएन्ट (१–१), स्टार्सवर्गविरुद्ध ब्रेस्ट (२–२) डिजोनविरुद्ध लियोन (०–), लेन्सविरुद्ध मार्से (२–२), मोनाकोविरुद्ध निस (–१), सेन्ट इटिएनविरुद्ध नान्टेस (१–१)

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.