default_image

3 years ago

February 5, 2021

बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – पेनाल्टी सुटआउटमा रियल बेटिसलाई ४–१ ले पराजित गर्दै एथलेटिको बिल्वाओले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाएको छ । सेभियामा बिहीबार राति भएको खेलमा निर्धारित र थप गरिएको समयमा १–१ गोलको बराबरीको नतिजा पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । बिल्वाओका राहुल गार्सिया, इनाकी विलियम्स, जोन मोर्सिलो र युरी बर्चिचेले गोल गर्दा रियल […]

39 views

0 Bookmark

एजेन्सी – पेनाल्टी सुटआउटमा रियल बेटिसलाई ४–१ ले पराजित गर्दै एथलेटिको बिल्वाओले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाएको छ ।

सेभियामा बिहीबार राति भएको खेलमा निर्धारित र थप गरिएको समयमा १–१ गोलको बराबरीको नतिजा पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

बिल्वाओका राहुल गार्सिया, इनाकी विलियम्स, जोन मोर्सिलो र युरी बर्चिचेले गोल गर्दा रियल बेटिसका एइसा मान्डीले मात्र गोल गर्न सफल भए । सर्जियो केनालेस र जुआनमीले गोल गर्न सकेनन् ।

त्यसअघि प्रतिस्पर्धात्मक खेलको ८४औं मिनेटमा जुआनमीकै गोलबाट रियल बेटिसले खेलमा अग्रता लिएको थियो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राहुल गार्सियाले इनिगो मार्टिनेजको पासमा गोल गर्दै खेललाई लम्ब्याएका थिए ।

यससँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि सेभिया, लेभान्टे र बार्सिलोनाले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । सेमिफाइनलको खेल तालिका सार्वजनिक गरिएको छैन ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.