default_image

3 years ago

February 7, 2021

भविष्यबारे चर्चाले मेस्सी दिक्क

46 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीको भविष्यका विषयलाई लिएर आउने दिनमा विश्व फुटबलमा अझै बढी चर्चा हुनेछ । तर अर्जेन्टिनी स्टार भने यो सबै चर्चाबाट खुसी छैनन् ।

जारी सिजनको अन्त्य नहुँदै उनी अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने हल्ला व्यापक भएको छ । यो वर्षको जुनमा बार्सिलोनासँगको सम्झौता सकिने छ । यो सबै चर्चाबाट मेस्सी थकित भएको बताइएको छ ।

‘पिएसजी वा अन्य क्लबको चर्चाका विषयलाई लिएर मेस्सी दिक्क भएका छन्’, मेस्सीनिकट पत्रकार अल्फ्रेडो मार्टिनेजले भनेका छन्,‘ अहिले सम्म उनले आफ्नो भविष्यको बारेमा कुनै निर्णय गरेका छैनन् । मेस्सीले यसअघिको अन्तर्वार्ताका क्रममा जारी सजनको अन्त्यसम्म कुनै निर्णय नगरिने प्रष्ट पारेका थिए । तर, पनि उनका विषयमा चल्ने चर्चा रोकिने छाट छैन ।’

बुधबार मात्र पिएसजीका एन्जेल डि मारियाले आफ्ना अन्तर्राष्ट्रिय सहकर्मी पिएसजी आउने सम्भावना रहेको बताउँदै चर्चालाई थप बल दिएका थिए । ‘उनी पिएसजी आउने सम्भावना बलियो छ,’ डि मारियाले भनेका थिए । उनको त्यो भनाई बार्सिलोनाको ड्रेसिङ रुमको चर्चाको विषय थियो ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले भने फ्रान्सेली टोलीले अरुलाई आदर गर्नुपर्ने बताएका छन् । बार्सिलोनाले पिएसजीबीच क्याम्प नोउमा च्याम्पियन्स लिग नकआउट चरणको पहिलो लेग हुन अब दुई साता भन्दा पनि कम समय बाँकी रहेको छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.