default_image

3 years ago

February 7, 2021

भरानको दुई गोलमा रियलको पूनरागमन जित

42 views

0 Bookmark

एजेन्सी – सेन्टरब्याक राफयल भरानले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा हुएस्कामाथि २–१ को पूनरागमन जित हात पारेको छ ।

रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउदै हुएस्कामाथि उसकै मैदानमा पूनरागमन जित हात पारेको हो । जाभी गलानको गोल सान्त्वना बन्यो ।

शनिबार राति भएको खेलको पाँचौ मिनेटमा राफा मिरको प्रहारले साइड नेटिङ गर्दा घरेलु टोली हुएस्का अग्रता लिनबाट चुकेको थियो । ४७औं मिनेटमा मिकेल रिकोको प्रहार बारमा लागेर बाहिरिदा हुएस्का अग्रता लिनबाट चक्यो ।

४८औं मिनेटमा काउन्टर अट्याकमा सिन्जी ओकाजाकीको पासमा जाभी गलानले पेनाल्टी बक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहारले जाली चुम्दा हुएस्काले खेलमा १–० को अग्रता लिन सफल भयो । ५०औं मिनेटमा राफा मिरको प्रहार क्रसबारमा लागेर फर्कदा हुएस्का अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५४औं मिनेटमा राफयल भरानले गोल गर्दै रियललाई खेलमा फर्काए । मार्काे एसेन्सियोमाथि फल भएपछि प्राप्त फ्रिकिकमा कप्तान करिम बेन्जेमाल गरेको प्रहार क्रसबारमा लागेर फर्कदा भरानले हेडरमार्फत गोल गरेका थिए ।

६३औं मिनेटमा राफा मिरको हेडरलाई गोलरक्षक थिवाउट कोर्टुवाले एक हातले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेपछि हुएस्काले अग्रता लिन सकेन । ६८औं मिनेटमा करिम बेन्जेमाको प्रहारलाई गोलरक्षक अल्भारो फर्नान्डेजले बचाउदै घरेलु टोलीको संकट टारे ।

७२औं मिनेटमा काउन्टर अट्याकमा राफा मिरको प्रहारले पोस्टको दिशा लिन सकेन । ७७औं मिनेटमा बेन्जेमाले क्लोज रेन्जबाट गरेको प्रहारमा गोलरक्षक फर्नान्डेज नै बाधक बने । ८१औं मिनेटमा लुका मोड्रितको क्रसमा बेन्जेमाको प्रहारलाई गोलरक्षक फर्नान्डेजले बचाए ।

८४औं मिनेटमा भरानको व्यक्तिगत दोस्रो गोलबाट रियलले खेलमा अग्रता लिन सफल भयो । टोनी क्रुसको कर्नरमा क्यासमिरोले हेडरमार्फत मिलाइदिएको पासलाई भरानले क्लोज रेन्जबाट गोल गरेका थिए ।

यो जितसँगै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलबाट ४३ अंक पुगेको छ । दुई खेल कम खेलेको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५० अंक रहेको छ । पराजित हुएस्का १६ अंक जोडेर पुछारमा रहेको छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.