default_image

3 years ago

February 11, 2021

बार्सिलोनामा सुआरेजको अभाव

39 views

0 Bookmark

एजेन्सी – लुइस सुआरेज केहि वर्ष बार्सिलोनामै रहन चाहन्थे । तर उनी रोनाल्ड कोम्यान प्रशिक्षकका रुपमा बार्सिलोना आबद्ध भएपछि उनको भविष्य त्यहाँ सुनिश्चित हुन सकेन । जसका कारण सुआरेज एट्लेटिको म्याड्रिड पुगे ।

बार्सिलोनामा खेल्ने मौका नपाएपछि अर्को क्लबको बाटो रोजेका सुआरेज त्यहाँ सफल भइरहेका छन् । उनको उच्च प्रदर्शनबाट टोलीले ला लिगाको उपाधि जित्ने आशा देखेको छ । सुआरेजले त्यहाँ लगातार गोल गरिरहेको छन् । जसले उनलाई आर्थिक रुपमा पनि फाइदा हुने देखिएको छ ।

सुआरेज एट्लेटिको सिजनकै उत्कृष्ट खेलाडी बनेका छन् । के उनले भविष्यमा पनि त्यहि लयलाई कायम राख्न सक्लान् भन्ने प्रश्न पनि सँगै जोडिएर आएको छ । यदि उनले यो सिजन १५ गोल गरे भने बोनस पाउनेछन् । त्यति गोल पुर्याउने सम्भावना पनि देखिएको छ । सिजनमा २० गोल नै गरे उनले थप बोनस पाउनेछन् ।

अर्कोतर्फ बार्सिलोना भने गोलका लागि संघर्ष गरिरहेको छ । बार्सिलोनाले गोलका लागि संघर्ष गरिरहँदा त्यहि क्लब छाडेर एट्लेटिको पुगेका सुआरेजले लगातार गोल गरिरहनुलाई संयोग मात्र मान्न सकिन्न ।

कोपा डेल रेमा सेभिल्लाविरुद्ध बार्सिलोना २-० ले पराजित हुँदा मिडफिल्डर इभान राकिटिचले समेत गोल गरे । आफ्नो पूर्व-क्लबविरुद्ध गोल गर्दा उनले खुसियाली भने मनाएनन् । क्लब छाडेका खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दा बार्सिलोना भने लय समात्न संघर्ष गरिरहेको छ । बार्सिलोनाले आक्रमण र मिडफिल्डमा कमजोर प्रदर्शन गर्दा यी दुई खेलाडीको कमी भने खड्किएको छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.