default_image

3 years ago

February 12, 2021

बायर्न क्लब विश्वकप च्याम्पियन!

38 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा मेक्सिकोको टिग्रेसलाई १-० ले पराजित गर्दै बायर्नले सिजनको छैटौं उपाधि जितेको हो ।

कतारमा भएको फाइनलमा बायर्नका लागि बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो । उले ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए । सुरुमा लेवान्डोस्की अफसाइड रहेको भन्दै गोलले मान्यता पाएको थिएन । तर भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा गोल मान्य भएको थियो । त्यसअघि जोशुवा किम्मिखको गोल भने भीएआरबाट रद्द भएको थियो ।

गत सिजन जर्मन बुन्डेस्लिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको बायर्नले त्यसपछि थप तीन उपाधि जितेको छ । यूईएफए सुपर कप र जर्मन सुपर कपपछि क्लब विश्वकप उपाधि जितेको बायर्न ६ ट्रफी जित्ने दोस्रो टोली बन्यो । यसअघि दशकको सुरुवातमा बार्सिलोनाले यो उपाधि हासिल गर्यो ।

सन् २०१९ डिसेम्बरमा हान्सी फ्लिकले टोलीको प्रशिक्षण जिम्मेवारी सम्हालेयता बायर्नले लगातार य्पधि जित्दै आएको छ । उनले ६८ खेलमा ५८ जित हासिल गराएका छन् । यस्तै प्रति ११.३ खेल औसतमा टोलीले उपाधि जित्दै आएको छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.