5 years ago
February 16, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
कुनै पनि खेलाडी घाइते भएपछि उपचार कहाँ, कसले र कसरी हुन्छ भन्ने चिन्ता सुरु हुन थाल्छ । सोचे जसरी नै उपचार होला या नहोला, उपचारपछि पूर्ण रुपमा ठीक भएर फेरि मैदानमा फर्कन सकिन्छ सकिन्न भन्ने खेलाडीलाई थप चिन्ता हुनु स्वभाविक नै हो ।

आइतबारसम्म राष्ट्रिय महिला लिगमा गोल संख्याका कारण चर्चाको केन्द्रमा रहेकी राष्ट्रिय फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा सोमबार भने फरक कारणले चर्चामा आइन् । एपिएफबाट व्यवसायिक फुटबल खेल्दै आएकी सावित्रा सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा घाइते भएकी थिइन् । उनको चोट गम्भिर प्रकारको छ । र स्वभाविक रुपमा चिन्ता पनि उत्तिकै बढी ।
लिगको शीर्षस्थानमा रहेको एपिएफका बाँकी खेलमा मात्र होइन अब एक वर्ष टोलीलाई उनको साथ रहने छैन । राष्ट्रिय टोलीको खेल परेपनि टोली सावित्राबिना उत्रनुपर्ने छ । उपचार राम्ररी हुन सकेन भने नेपालका धेरै खेलाडीको जस्तै उनको पनि खेल जीवन टुंगिन पनि खतरा पनि त्यतिकै छ ।
तर पछिल्लो समय केहि पुनरागमनका उदाहरण पनि छन्, जुन सुचिमा सावित्राले आफ्नो नाम दर्ता गराउन चाहान्छिन् । खेल जीवनमा चोट लाग्नु सामान्य प्रक्रिया नै हो । तर, उपचार सहि ढंगले भएन भने खेल जीवनको अन्त्य गर्न खेलाडी बाध्य हुनेछन् ।
सधैंजसो हाँसेर बोल्ने सावित्राको अनुहार मंगलबार भने मलिन थियो । आफूलाई सान्त्वना दिन अस्पताल पुग्नेहरुसँग सहज हुनका लागि मुस्कुराउने प्रयास गरेपनि त्यो स्वभाविक थिएन । आफ्नो उपचार कसरी होला, फेरि पुरानै अवस्थामा फर्कन सकिएला नसकिएला, लमजुङमा रहेका परिवारलाई के भन्ने होला सायदै यस्तै मनमा कुरा खेलाउँदै सातदोबाटोको बिएन्डबी अस्पतालबाट महिला समिति संयोजक पेमा लामाको गाडी चढेर हलचोकतर्फ लागेकी थिइन् ।

दायाँ घुडाँमा सपोर्ट बाँधेर डेरा फर्कदै गर्दा घरबाट आएको फोनमा उनी अलिक भावूक पनि भइन् । तर, सकेसम्म कसैले थाहा नपाओस् जसरी कुरा गरिन् । परिवारका सदस्यलाई उनको चोट कस्तो र कति डरलाग्दो भन्ने सायद अनुमान मात्रै हुन सक्छ ।
दायाँ घुँडामा चोट लागेपछि बिएन्डबीमा एमआरआई गरेकी उनको रिपोर्ट मंगलबार आएको हो । रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको छ ।
पुलिसविरुद्ध खेलको ७९ औं मिनेटमा सम्बाले मैदान छाडेकी थिइन् । उनको ठाँउमा मैदान प्रवेश गरेकी रविना गोलेले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो । विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो ।

लिगको १० खेलमा साम्बाले ४३ गोल गरिसकेकी छिन् । एपिएफलाई लिग च्याम्पियन बन्न अब विराटनगर विरुद्ध जित हासिल गरे पुग्नेछ । लिगको अन्तिम खेल शुक्रबार आर्मी र एपिएफबीच हुनेछ ।
गम्भीर चोट लागेकी साम्बाको अब शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया अघि उनले घुडाँको नियमित फिजियो गराउनुपर्नेछ । डेराबाटै नियमित बिएन्डबी पुगेर फिजियो गराउन उनका लागि सहज हुने छैन । यस्तोमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले कस्तो निर्णय गर्छ त्यो पनि हेर्न बाँकी छ ।
यसबिचमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सावित्राको उपचारमा कुनै कमी नरहने बताएका छन् । राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी सावित्राको झन्डै ७ वर्षे खेल जीवनमा यति गम्भिर चोट पहिलो पटक हो ।
सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवै पटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।
खेलाडीहरुको चोटका विषयमा एन्फा विगतबाट गम्भिर रहँदै आएको छ । त्यसका आधारमा सावित्राको उपचारमा पनि एन्फाले कुनै कसर बाँकी नराख्दा भन्ने आशा राख्न सकिन्छ । त्यसमा पनि अध्यक्ष शेर्पाले उपचारका लागि एन्फा गम्भिर रहेको बताएका छन् । अघिल्लो महिना पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी विमल घर्ती मगरको पनि यसै प्रकृतिको चोट लागेको थियो । उनी शल्यक्रियाका लागि कतार पुगिसकेका छन् ।
विमलसँगै कतारमा रहेका विक्रम लामाको भने गत साता शल्यक्रिया भइसकेको छ । अघिल्लो वर्ष डिफेन्डर रविन श्रेष्ठ र प्रशिक्षक नविन महर्जनको शल्यक्रिया पनि कतारमा नै सम्पन्न भएको थियो । एन्फा स्रोतका अनुसार सावित्राको चोट गम्भीर रहेकोले उनलाई पनि विश्व खेलकुदमै ख्याती प्राप्त कतारस्थित अस्पेटारमा शल्यक्रिया गराउने प्रक्रिया सुरु गरिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]