5 years ago
February 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि जितेको छ । बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १-१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल बाँकी रहँदै च्याम्पियन बनेको हो ।

आर्मीले यस खेलमा जित हासिल गरेको भए एपिएफको अर्को खेलको नतिजाले अन्तिम खेलसम्म लिगको उपाधि होड लम्बिने सम्भावना थियो । तर पुलिस र आर्मीको बराबरीसँगै एपिएफ च्याम्पियन बनेको हो । यससँगै आर्मी लिगको उपविजेता बन्ने पक्का भएको छ । पुलिस भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
पुलिसले खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफको १७ औं मिनेटमा अमृता जैसीको हेडर विमला विकलाई लाग्दै गोल भएपछि पुलिसले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउँदै आर्मीलाई उपाधि होडमा कायम रहने आशा जगाएकी थिइन् ।
दोस्रो हाफको इन्ज्युरी समयमा पुलिसले खेल जित्ने सुवर्ण अवसर खेर फाल्यो । पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा पुलिसले अग्रता लिन सकेन । कप्तान घिमकुमारी गुरुङको पेनाल्टी प्रहार पोस्टभन्दा निकै माथि गएपछि पुलिसले अंक बाँड्नुपरेको हो ।
यस जितले आर्मीको ११ खेलमा २६ अंक भएको छ । १० खेल खेलेको एपिएफ ३० अंक जोड्दै च्याम्पियन बनेको छ । पुलिस ११ खेलमा १५ अंकसहित चौथो स्थानमा छ । विराटनगरको ११ खेलमा १६ अंक छ । वालिङ १४, चन्द्रपुर ९ र चौदण्डीगढी अंकविहिन रहँदै पुछारका तीन स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]