5 years ago
February 22, 2021
बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । एनएसजेएफ झापाले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।

‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा समान ३ र दुई विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा समान एक जना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले जानकारी दिए ।
वर्ष उत्कृष्ट खेलाडी पुरुषमा मनोनयनमा पर्नेमा सबै फुटबल खेलाडी रहेका छन् । यो अवार्डका लागि अनन्त तामाङ सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङबीच प्रतिस्पर्धा हुनेछ । वर्ष उत्कृष्ट खेलाडीमहिलामा उसुकी जुनी राई, जुडोकी देविका खड्का र फेन्सिङका कमला श्रेष्ठ (फेन्सिङ) छन् ।
त्यस्तै, युवा वर्ष उत्कृष्ट खेलाडीमा फुटबलका रेजिन सुब्बा, जुडोकी मनिता श्रेष्ठ प्रधान र कबड्डीकी अनुजा कुलुङ राई छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा फुटबलका प्रवेश कटवाल, करोतका मदन उप्रेती र पौडीका वोङदेन लामा मनोनयमा परेका छन् ।

वर्ष खेलाडी पुरुषले एक थान मोटरसाइकल, वर्ष खेलाडी महिलाले एक थान स्कुटर, वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले समान २५ हजार र ट्रफी प्राप्त गर्ने अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।
त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करण यही फागुन २८ गते शुक्रबार बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजना हुनेछ । अवार्डमा २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई समावेश गर्दै आएको मञ्चले जनाएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]