9 years ago
October 8, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८को छनोट चरण अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले चेक रिपब्लिक विरुद्ध ३-०को सहज जित दर्ता गरेको छ।

थोमस मुलरको १३औं मिनेटको गोलले अग्रता लिएको जर्मनी टोनी क्रुसले ४९औं मिनेटमा गोल गर्दा २-०ले अघि बढेको थियो। मुलरले पुन: एकपटक गोल गर्दै जर्मनीलाई ८५औं मिनेटमा ३-०को स्थितिमा पुर्याएका थिए।
छनोटको पहिलो खेलमा नर्वेलाई ३-०ले हराएको जर्मनी समुह ‘सी’ को शिर्ष स्थानमा रहेको छ। जर्मनीले अर्को खेल उत्तरी आएरल्याण्डसंग खेल्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]