default_image

3 years ago

March 1, 2021

रियल म्याड्रिडलाई सोसिडाडको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिडले घरेलु मैदानमा रियल सोसिडाडको आतिथ्यता गर्दैछ । खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल म्याड्रिड रियल सोसिडाडलाई हराउँदै दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । रियल २४ खेलबाट ५२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सोसिडाडलाई हराउन […]

41 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिडले घरेलु मैदानमा रियल सोसिडाडको आतिथ्यता गर्दैछ । खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा रियल म्याड्रिड रियल सोसिडाडलाई हराउँदै दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । रियल २४ खेलबाट ५२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सोसिडाडलाई हराउन सके रियलले बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ । बार्सिलोना २५ खेलबाट ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

टोलीसँग भिनिसियस जुनियर, इस्को, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, नाचो फर्नान्डेज, राफयल भरान, लुकास भाज्क्वेज र थिवाउट कोर्टुवाको साथ रहेको छ । चोटका कारण कप्तान सर्जियो रामोस, रोड्रिगो, इडर मिलिसाओ, इडेन हाजार्ड र ड्यानी कार्भाहल टोलीमा हुनेछैन । फरवार्ड करिम बेन्जेमाले खेल्ने सम्भावना न्युन रहेको छ ।

यता, रियल सोसिडाड पनि रियललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । सोसिडाड २४ खेलबाट ४१ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । टोलीसँग एलेक्सान्डर इसाक, मिकेल ओयरजवाल, डेभिड सिल्भा, क्रिस्टियन पोर्टु, जोन गुरिडी, नाचो मोनरियल र गोलरक्षक एलेक्स रेमिरोको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो २२ खेलको नतिजामा रियलले १६ खेल आफ्नो पक्षमा पारेको छ । ४ खेल सोसिडाडले जित्दा २ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.