default_image

3 years ago

March 4, 2021

म्याड्रिड डर्बीअघि रियलको यस्तो छ अवस्था

एजेन्सी – रियल सोसिडाडसँग खेल्दा जिनेदिन जिदानको टोली रियल म्याड्रिडको उपाधि दौड केहि कमजोर पक्कै भएको छ । खेलमा नियन्त्रण जमाउनका वावजुद टोलीले १–१ को बारबरीका लागि संघर्ष गर्नुपरेको थियो । अंक तालिकाको शीर्ष टोली एट्लेटिको म्याड्रिडसँग अंक दूरीलाई अझै कम गराउने अवसर रियलले गुमाएको छ । चोटग्रस्त खेलाडीको सुची लामो भएको रियलमा पछिल्ला केहि […]

45 views

0 Bookmark

एजेन्सी – रियल सोसिडाडसँग खेल्दा जिनेदिन जिदानको टोली रियल म्याड्रिडको उपाधि दौड केहि कमजोर पक्कै भएको छ । खेलमा नियन्त्रण जमाउनका वावजुद टोलीले १–१ को बारबरीका लागि संघर्ष गर्नुपरेको थियो ।

अंक तालिकाको शीर्ष टोली एट्लेटिको म्याड्रिडसँग अंक दूरीलाई अझै कम गराउने अवसर रियलले गुमाएको छ । चोटग्रस्त खेलाडीको सुची लामो भएको रियलमा पछिल्ला केहि दिनमा सकारात्मक सन्देश प्रवाह भएका छन् । तर पनि टोलीका लागि अंक गुमाउनु निराशाजनक रह्यो । जसले गर्दा टोली अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

बार्सिलोनासँग टोलीको बराबरी अंक भएको छ भने एट्लेटिकोको भन्दा ५ अंक कम छ । यस्तोमा टोलीले एट्लेटिकोविरुद्ध खेलेर अंक दूरी घटाउने अर्को अवसर पाएको छ । आइतबार म्याड्रिड डर्बीमा दुई टोलीको आमनेसामने हुँदैछ ।

एट्लेटिकोविरुद्धको खेल अघि जिदान उत्साहित र सकारात्मक हुन सक्ने कारण यहाँ उल्लेख गरिएको छ । त्यो खेल रियलको उपाधि दौडलाई बलियो बनाउनका लागि महत्वपूर्ण खेल हुन सक्नेछ ।

सुखद समाचार

रियलका कप्तान सर्जियो रामोस चोटका कारण मैदान बाहिर छन् । जसले गर्दा टोलीमा टोलीमा नाचो फर्नान्डेज र अर्का रक्षक राफेल भेरानबीचको साझोदारी रियलका लागि फाइदा जनक देखिएको छ । नाचोले सोसिडाडविरुद्ध उच्च प्रदर्शन गरेका छन् ।

अबको अन्तर्राष्ट्रिय विश्राममा स्पेनिस टोलीका प्रशिक्षक लुइस इन्रिकेले नाचोलाई समेटे भने अच्चम हुने छैन । भेरानले पनि टोलीको रक्षापक्तिको मोर्चा सम्हालिरहेका छन् । पछिल्लो ६ खेलमा रियलले मात्र २ गोल खाएको छ ।

यसैबीचमा रोड्रिगो र फेडे भाल्भार्डे लामो समयपछि चोटमुक्त भएर फर्कने क्रममा छन् । जसले गर्दा जिदानलाई विकल्प थपिएका छन् । उनीहरु चाडै पहिलो रोजाईमा फर्कन सक्ने अपेक्षा गरिएको छ । जिदानले आफ्ना खेलाडीमाथि भरोसा कायम राखेका छन् । सोसिडाडविरुद्ध बराबरी खेलेपनि जिदानले टोलीको प्रदर्शनमा गुनासो गरेनन् ।

खेलाडीहरुका लागि दुःख लगोको छ । किनकी उनीहरुले आफ्नोतर्फबाट हर सम्भव प्रयास गरे । उनीहरु जितका हकदार थिए, उनले भने,‘ उनीहरुले साच्चै राम्रो खेल खेलेका थिए । टोनी क्रुसको प्रदर्शन खास गरि डेड बलमा विशेष थियो ।

दुःखद खबर

यदि रियलले यो वर्ष उपाधि जितेन भने त्यसको मुख्य कारण ११ अंक गुमाउनु हुनेछ । इस्टाडियो अल्फेर्डो डि स्टेफानोमा टोलीले ती अंक गुमाएको थियो । जबकी गत सिजनमा टोलीले सबै खेल गुमाएको थियो । यसपटक उक्त मैदानमा टोलीले ३ खेल गुमाउनुका साथै अर्को खेलमा बराबरी खेलेको थियो । चोट कारण कारण टोलीका मुख्य स्ट्राइकर करिम बेन्जेमा नहुनुले पनि टोलीलाई घाटा भइरेको छ ।

सोसिडाडविरुद्ध टोलीले प्रष्ट ५ वटा गोलको अवसर गुमाएको थियो । टोलीले पछिल्ला ३ खेलमा ३ गोल गरेको थियो । कासिमेरोले गोलकर्ताको भूमिका निर्वाह गरिरहँदा सोसिडाडविरुद्ध उनको प्रयासहरु सफल भएन । ब्राजिलियन अन्तर्राष्ट्रिय कासिमेरो प्रतिबन्धका कारण च्याम्पियन्स लिगमा एट्लान्टाविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा हुने छ्रनन् ।

जिदानले उनको विकल्प पनि खोज्नु पर्नेछ । अर्को तिर मार्को एसेन्सियालाई पूर्ण रुपमा भर गर्ने अवस्था छैन । उनको प्रदर्शनमा एकरुपता छैन । उनले सोडिडाडविरुद्ध कमजोर प्रदर्शन गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.