default_image

3 years ago

March 18, 2021

अफ्रिकन रुट्सलाई हराउँदै आर्मी फाइनलमा

गणेश दर्पण अधिकारी, हेटौंडा विभागीय टोली त्रिभुवन आर्मी क्लब स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनलाई १–० गोल अन्तरले हराउँदै आर्मीले घरेलु टिमसंगको उपाधि भिडन्त पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । कप्तान टेकबहादुर बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै आशिष शाक्यले निर्णायक गोल गरे। […]

48 views

0 Bookmark

गणेश दर्पण अधिकारी, हेटौंडा

विभागीय टोली त्रिभुवन आर्मी क्लब स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनलाई १–० गोल अन्तरले हराउँदै आर्मीले घरेलु टिमसंगको उपाधि भिडन्त पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । कप्तान टेकबहादुर बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै आशिष शाक्यले निर्णायक गोल गरे। बाँकी समयमा दुवै टिमको तर्फबाट थप गोल हुन नसक्दा आर्मीले १–० को जित दर्ता गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

खेलमा आर्मीका कप्तान बुढाथोकी म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । क्यामरुनका प्रशिक्षक इजाले बोलिसले आर्मीले निकै राम्रो खेल प्रस्तुत गरेको प्रतिक्रिया दिँदै सोचे अनुसारको खेल्न नसक्दा आफ्नो टिमले हार व्यहोरेको प्रतिक्रिया दिए ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले खेलाडीको कडा मेहनत नै जितको प्रमुख कारण भएको प्रतिक्रिया दिए । ‘क्यामरुनका खेलाडी हाम्रो भन्दा राम्रो ‘लेवल’ का हुन् । काउन्टर अट्याकमा गोल गर्ने रणनीति अनुसार खेलेका थियौं । पाएको एउटै मौकालाई हामीले सदुपयोग गर्यौं’, उनले भने, ‘यही टिम फाइनल जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।’

यसअघि बुधबार भएको खेलबाट ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई हराउँदै डिफेण्डिङ च्याम्पियन मकवानपुर ११ ले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा फागुन २७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितालाई मकवानपुरका १० वटै स्थानीय तहहरुले आर्थिक सहयोग गरेका छन् ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.